राजेन्द्र बजगाईं भन्छन्- सिग्नेचर गर्ने हो, उपसभामुखलाई हटाउने पक्षमै छौँ « Khabarhub

राजेन्द्र बजगाईं भन्छन्- सिग्नेचर गर्ने हो, उपसभामुखलाई हटाउने पक्षमै छौँ


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले आफूहरू उपभामुख इन्दिरा रानामगरलाई पदच्यूत गर्ने पक्षमा रहेको बताएका छन् ।

कांग्रेस नेता डा. शेखर कोइरालानिकट सांसदहरूले हस्ताक्षर नगरेको चर्चाबीच उनले आफूहरू रानामगरलाई पदच्यूत गर्ने पक्षमा रहेको बताएका हुन् ।

सांसद बजगाईंले काम विशेषले सोलुखुम्बुबाट भर्खरै काठमाडौं फर्किएका कारण हस्ताक्षरका लागि सिंहदरबार पुग्न केही ढिला भएको पनि बताए ।

‘सिग्नेचर गर्ने हो । म सिग्नेचरको पक्षमै हो,’ उनले खबरहबसँग भने, ‘हाउसमा त्यत्रो बोल्दै आएको छु ।’ कोइरालानिकट अर्का एक सांसदले पनि हस्ताक्षरको विपक्षमा उभिन कुनै निर्देशन नभएको प्रतिक्रिया दिए ।

उनले बुधबार प्रतिनिधिसभा बैठकमा सहभागी हुने क्रममा हस्ताक्षर गरिने पनि बताए । ‘कति साथीहरू जिल्ला जानुभएको होला । कतिपय दर खान जानुभएको होला,’ ती सांसदले भने, ‘भोलि सबै हाउसमा आउनुहुन्छ । भोलि गर्नुभएन, पर्सी गर्नुभएन भने पो गरेनन् भन्ने होला ।’

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  २ : २९ बजे

चौथो दिन पनि वीरगन्ज–पथलैया सडक अवरुद्ध

वीरगन्ज- तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले शनिबार पनि

लागूऔषधसहित तीन जना पक्राउ

भद्रपुर– झापाको सीमावर्ती क्षेत्रबाट शुक्रबार र आज गरी लागूऔषधसहित तीन

पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’

बागमती– मकवानपुरको राक्सिराङ गाउँपालिका-३ गलमटे केराबारीमा रहेको मनमोहक पर्यटकीयस्थल ‘जलपरी

कामपाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण

काठमाडौं- काठमाडौँ महानगपालिकाको शिक्षा विभागले विभिन्न ९२ संस्थागत (निजी) विद्यालयको

नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीलाई पुरानो ढाँचा