मोरङमा पूर्वराष्ट्रपतिले भनिन्- विशेष जिम्मेवारी पूरा गरेर सदस्यका रुपमा एमालेमा सक्रिय भइसकेँ « Khabarhub

मोरङमा पूर्वराष्ट्रपतिले भनिन्- विशेष जिम्मेवारी पूरा गरेर सदस्यका रुपमा एमालेमा सक्रिय भइसकेँ


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

विराटनगर- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार दिउँसो एमाले मोरङ जिल्ला कमिटीको विराटनगरस्थित पार्टी कार्यालय पुगेकी छन् ।

पार्टी केन्द्रले कुनै पनि कार्यक्रम नराख्न दिएको निर्देशन चिर्दै उनी विराटनगरको पाञ्चालीस्थित पार्टी कार्यालय पुगेर एमाले नेता-कार्यकर्तालाई सम्बोधन गरेकी छन् ।

पार्टी कार्यालय पुगेपछि उनले जननेता मदन भण्डारी, मनमोहन अधिकारी र पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गरिन्।

एमालेको प्रदेश र केन्द्रीय नेतृत्वले भण्डारी समूहलाई पार्टी कार्यालयमा कुनै कार्यक्रम नराख्न निर्देशन दिएको थियो । पार्टी कार्यालय अवलोकनका लागि पुगेकी उनलाई एमाले जिल्ला कमिटी र विराटनगर महानगर कमिटीका नेताहरूले स्वागत गरे ।

जिल्ला र महानगरको नेतृत्वमा भण्डारी समूहले पकड बनाएको छ । भण्डारी पुग्दा एमाले अध्यक्ष केपी शर्मा ओली अर्थात् सांस्थापन पक्षका नेता कार्यकर्ता भने पार्टी कार्यालयमा देखिएनन् ।

एमाले संस्थापन पक्षले भण्डारी सहभागी कार्यक्रममा नजान उर्दी जारी गरेको थियो । भण्डारीले कार्याकर्तालाई सम्बोधन गर्दै २०७२ को भूकम्पपछि पहिलो पटक पार्टी कार्यालय आउन पाएको बताइन् ।

भण्डारीले देशको आर्थिक आत्मनिर्भरता र राष्ट्रिय हितलाई सर्वोपरि राखेर अगाडि बढ्नुपर्ने बताइन् । भण्डारीले आफू पुनः पार्टी सदस्यका रूपमा सक्रिय रहेको बताइन् ।

‘धेरै दिन भएपछि मलाई यहाँ आउन मन लागेको थियो। मैले जिल्ला कमिटीका नेताहरूलाई अनुरोध गरेँ, अनि उहाँहरूले हुन्छ, हामी कार्याल देखाउँछौँ भनेर यो १०-१२ वर्षमा के परिवर्तन भयो, भौतिक संरचनाहरू हेर्न मन थियो।’

भण्डारीले आफू राष्ट्रपति निर्वाचित भएपछि राष्ट्रिय जिम्मेवारीका कारण पार्टी कार्यालयमा आउन नपाएको उल्लेख पनि गरिन् । राष्ट्रपति बिदा भएपछि पार्टी सदस्यता नवीकरण गरेको उनले बताइन् । ‘४५ वर्ष बितेछ, म पार्टी सदस्य भएको,’ उनले स्मरण गरिन् ।

उनले सम्बोधनमा विराटनगरसँगको आफ्नो गहिरो सम्बन्धबारे उल्लेख गरिन् । ‘म एमालेको सदस्य विराटनगरबाटै भएँ । शपथ पनि यहीँ खाएँ । यहीँबाट २०४६ सालको जनआन्दोलनमा होमिएँ’, उनले भनिन्, ‘सबै हिसाबले यो विराटनगर र मोरङ हाम्रो गृहजिल्ला, गृहनगर जस्तो भएको छ।’

उनले नेपालको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डता कायम राख्न आर्थिक रूपमा आत्मनिर्भर हुनुपर्ने बताइन् । ‘राष्ट्रिय हितलाई ध्यानमा राखेर नेपाली जनताको सामाजिक न्यायका लागि, वर्गीय हितका लागि र राष्ट्रिय रूपमा आत्मनिर्भर राष्ट्र निर्माण गर्न आर्थिक आत्मनिर्भर हुन नसकि हाम्रो राष्ट्रियता, हाम्रो सार्वभौमिकता, हाम्रो भौगोलिक अखण्डतामा पनि आँच आउन सक्छ।’

भण्डारीले आफू अहिले एमालेको सामान्य सदस्य मात्रै भएको बताइन् । राष्ट्रिय एजेन्डामा काम गर्न एमाले नै उपयुक्त पार्टी रहेको उनकोक तर्क थियो।

‘एमाले एउटा देशभक्त, राष्ट्रवादी र प्रगतिशील पार्टी हो भन्ने मेरो यो निष्कर्ष हो’, उनले भनिन्, ‘त्यसका आधारमा हामीले राष्ट्रिय काम र अभिभाराहरू एमालेले पूरा गर्न सक्छ भन्ने मलाई लाग्छ ।’ उनले विशेष कामको जिम्मेवारी पूरा गरेर पार्टीमा आबद्ध भएको पनि उनले बताइन् ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ३ : १३ बजे

निर्वाचन सामग्री धमाधम जिल्लातिर (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन

राष्ट्रियसभाको शून्य समयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले विदेशमा ज्यान गुमाएका नेपाली, विकास बजेट रोक्का,

झापामा ओलीले भने : ग्यास उत्खनन भइसकेको छ, पाइपबाट घरघरमा पठाउने दिन आउँदैछ

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपराधिक तत्वहरूले आफूमाथि

नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

काठमाडौं– नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा

पोर्चुगलमा नरमपन्थी सेगुरो निर्वाचित

एजेन्सी– पोर्चुगलको राष्ट्रपतीय निर्वाचनमा केन्द्र–वाम समाजवादी उम्मेद्वार एन्टोनियो जोसे सेगुरो