संसद भवनको निर्माणकार्य ढिलाईमा उपप्रधानमन्त्री सिंहको चासो « Khabarhub

संसद भवनको निर्माणकार्य ढिलाईमा उपप्रधानमन्त्री सिंहको चासो


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले संसद् भवन निर्माणको काम कार्यतालिकाअनुसार गर्न निर्देशन दिएका छन् । 

निर्माण कम्पनीले मन्त्रालयमा बुझाएको कार्यतालिका बमोजिम काम भएको नपाइएपछि उपप्रधानमन्त्री सिंहले आज मन्त्रालयमै बोलाएर निर्माण कम्पनीलाई यस्तो निर्देशन दिएका हुन् ।  

सिंहदरबारभित्र निर्माणाधीन संसद् भवनमा संसदीय समिति, प्रधानमन्त्री, राष्ट्रपतिसहित सबै नागरिकको चासो जोडिएको भन्दै उपप्रधानमन्त्री सिंहले भने  ‘कुनै हालतमा काम हुनैपर्छ । समन्वयात्मक रूपमा अघि बढ्नुहोस् । कन्ट्राक्टरले दिएको कार्यतालिका बमोजिम काम गर्नुहोस् ।’

उनले संसद भवनकै कारण मन्त्रालयको पर्फमेन्समा प्रश्न उठेको भन्दै केही समस्या परे मन्त्रालयले समन्वय गर्ने भन्दै काममा आलटाल स्वीकार्य नहुने बताए । सिंहले निर्माण कम्पनीलाई  नियमित प्रगति विवरण पेश गर्न र भवन विभागलाई कामको नियमित अनुगमन गर्न  निर्देशन पनि दिए । 

आजको बैठकमा मन्त्रालयका सचिव, भवन विभागका महानिर्देशक, विशेष भवनका आयोजना प्रमुख, कन्सल्टेन्ट र निर्माण व्यवसायीको सहभागिता थियो । बैठकमा विशेष भवन आयोजना प्रमुख सहसचिव सुनिल ठाकुरले निर्माणाधीन संसद् भवनको हालसम्मको प्रगति र अवस्था बारेमा जानकारी गराए । 

साइट वरिपरि बाटो निर्माण, वाटर ट्रिटमेन्ट प्लान्ट, स्यानेटेरीको काम, आन्तरिक सजावटको, कन्फरेन्सिङ काम लगायतका कामहरू बाँकी रहेको उनले बताए । निर्माण व्यवसायीले आवश्यक भन्दा न्यून कामदार लगाएको र काम बाँडेर हरेक दिनको काम गर्ने तालिका दिएको तर त्यो अनुसार काम नगरेको भन्दै असन्तुष्टि जनाए । 

निर्माण व्यवसायीले धेरै काम सम्पन्न भइसकेको भन्दै तालिका अनुसार काम अघि बढाउन प्रतिवद्ध रहेको बताए ।
संसद् भवनको पुस अन्तिम सातासम्म निर्माण सम्पन्न गर्ने म्याद छ ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ५ : ३० बजे

भोटेकोशी बाढी : १५ देशका १८७ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

त्रिशूली–३ए सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, हावा पठाउन सुरु

काठमाडौं – त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्यमा महत्वपूर्ण

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

भारतीय नागरिकद्वारा नेपाली सेनाको प्रशंसा, उद्धारका लागि जयशंकरले दिए धन्यवाद

काठमाडौं– नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा नेपाली

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा