अमेरिकाबाट शेखरलाई उपसभामुख रानाको फोन : मेरोबारे त्यहाँ खास भएको के हो ? « Khabarhub

अमेरिकाबाट शेखरलाई उपसभामुख रानाको फोन : मेरोबारे त्यहाँ खास भएको के हो ?


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमालेले हटाउने प्रयासलाई फेरि तीव्र पारिरहेका बेला अमेरिकामा रहेकी उपसभामुख इन्दिरा रानामगरले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई फोन गरेकी छन् ।

रानामगरलाई हटाउन मंगलबार कांग्रेस र एमालेले हस्ताक्षर चलाएको समाचार बाहिरिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा माओवादी केन्द्रसहितका दलहरू आक्रोशित भएका छन्।

यस्तोमा कांग्रेसको हस्ताक्षर अभियानमा शेखरले साथ नदिएको चर्चाबीच रानामगरले फोन गरेकी हुन् । शेखर पक्षले हस्ताक्षर गर्नुपर्ने कारण खुलाउन भनेर अडान राखेको समाचार बाहिरिएका बेला रानामगरले अमेरिकाबाट फोन गरेर सोधेकी हुन् ।

‘त्यहाँ के भएको हो ? डाक्टर सा’व भनेर मैले कल गरेको हो’, उनले मंगलबार साँझ भनिन्, ‘उहाँलाई मेरोबारेमा सबै कुरा थाहा छ । मेरो जिन्दगी भनेको खुला किताब जस्तै हो । म कुनै पनि पार्टीहरूमा हिँडेको मान्छे होइन ।’

उनले आफूहरूले अहिलेको प्रजातन्त्र कयौँको बलिदान दिएर ल्याएको बताउँदै दुरुपयोग गर्न नमिल्ने उल्लेख गरिन् । ‘हामीले यो प्रजातन्त्रलाई अनेकौँको बलिदान दिएर ल्याएका हौँ । त्यसलाई हामीले दुरूपयोग गर्नु हुँदैन’, उनले भनिन्, ‘मैले नेता शेखरसँग यो के भएको हो भनेर सोधेँ । मैले पहिले पनि यो कुरा सुनेको हो, अहिले पनि सुन्नमा आयो। सुनेपछि फोन गरेर उहाँसँग चासो राखेर सोधेको हो ।’

उपसभामुख रानामगर आफैंले कल गरेको पनि बताइन्। ‘मैले नै फोन गरेको हो । सिनियरहरूलाई सोध्नु पर्‍यो नि’, उनले भनिन्, ‘डेमोक्रेसीमा यस्तो त भएन नि भनेर उहाँसँग चासो राखेकी हुँ ।’

के हो उपसभामुख रानाको विवाद ?

रानाले २६ फेब्रुअरी २०२३ मा एउटा पत्र लेखेर आफूसहित ६ जनालाई अमेरिका पठाउन भिसाका लागि नेपालस्थित अमेरिकी दूतावासमा पत्र लेखेकी थिइन्।

उनी अनाथ र जेलचलान भएका आमा बुवाका छोराछोरीको हेरचाहका लागि फाउण्डेसन नै चलाएर बसेकी छन्। उनको यो कामप्रति सम्मान प्रकट गर्दै रास्वपाले पनि इन्दिरालाई ‘आमा’ नामले सम्बोधन गर्ने गरेको छ।

पवित्र कर्म भनेर देश र विदेशमा चर्चा भइरहेको बेला अनाथ बालबालिकालाई धर्मपुत्र पुत्री बनाएर विदेश पठाउने काममा शंकास्पद भूमिका रहेको आरोप लागिरहेका बेला उपसभामुख रानाले केही युवाका लागि भिसा दिन भन्दै अमेरिकी दूतावासलाई लेखेको पत्रले उनलाई अहिले विवादमा तानेको छ। तर यसमा आफ्नो कुनै दोष नभएको रानाको स्पष्टोक्ति छ।

आफ्नो कार्यालयको लेटरहेडमा सिफारिस गरेको पत्रमा उनले आफूसहित उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा तामाङ, सुजन घर्ती मगर र धनप्रसाद गुरुङका लागि न्यूयोर्कमा हुने कार्यक्रममा जान भिसा लगाइदिन भनेकी थिइन्। तीमध्ये उपेन्द्र गौतम भने उपसभामुखका सहपाठी हुन्।

आफूले चिनेजानेका व्यक्तिका लागि उपसभामुखले व्यक्तिगत सहयोग गरे पनि संसद सचिवालयका महासचिव भरतराज गौतमले भिसा दिन नमिल्ने भनेपछि उपसभामुख यो विषयमा तत्काल ‘कन्भिन्स’ भएकी थिइन्।

उपसभामुख उनीहरुले भिसा नपाउने कुरामा ढुक्क भए पनि केही व्यक्ति महासचिव कहाँ भिसा माग्न गएका थिए। तर महासचिवले भिसा दिन नमिल्ने भन्दै पठाएको थियो।

उपसभामुख रानाले युएन उमेनको न्यूयोर्कमा २०२३ को ६ मार्चदेखि १७ सम्म हुने सीएसडब्लु ६७ मा भाग लिनका लागि भिसा दिन अमेरिकी दूतावाससमक्ष सिफारिस गरेकी थिइन् ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ६ : ०४ बजे

डुटेर्टेविरुद्ध तेस्रो महाभियोग दर्ता

एजेन्सी– फिलिपिन्सका क्याथोलिक पादरीवर्गका सदस्यहरूले सोमबार उपराष्ट्रपति सारा डुटेर्टेविरुद्ध महाभियोग

क्षमताभन्दा बढी ढुवानी गर्ने सवारीमाथि कारबाही गर्न यातायात व्यवसायी महासंघको माग

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले क्षमता भन्दा बढी ढुवानी

बिहानदेखि धुम्म काठमाडौंको आकाश दिउँसो केही खुल्यो

काठमाडौं– सोमबार बिहानदेखि धुम्म बनेको काठमाडौंको आकाश दिउँसो केही खुलेको

सनम हत्या प्रकरण : सुन तस्करीका मुख्य नाइके गोरेलाई थप १० वर्ष कैद सजाय

विराटनगर- ३३ किलो सुन तस्करी प्रकरणका प्रमुख योजनाकार ‘गोरे’ भनिने

चितवन क्षेत्र नम्बर १ : महिला मतदाता बढी उम्मेदवार कम

चितवन– चितवनका तीन नगरपालिका समेटिएको क्षेत्र नम्बर १ मा महिला