हस्ताक्षर अभियानबारे शेखरको अडान : सरकारले गर्ने अरू धेरै काम छन्, अलोकप्रिय कदम नचालौँ | Khabarhub Khabarhub

हस्ताक्षर अभियानबारे शेखरको अडान : सरकारले गर्ने अरू धेरै काम छन्, अलोकप्रिय कदम नचालौँ


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेर हस्ताक्षर गरेनन् ।

उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने प्रयोजनका लागि नेपाली कांग्रेस र नेकपा एमाले दुवै सत्ताधारीले आफ्ना संघीय सांसदहरूको हस्ताक्षर संकलन गरे ।

तर, उक्त हस्ताक्षर संकलन अभियानमा दलको निर्देशनअनुसार डा. कोइरालाले हस्ताक्षर गरेनन् । मंगलबार दिउँसो कोइरालाले हस्ताक्षर नगरेको विषयमा अनेक टिका टिप्पणीसमेत भए ।

उनले हस्ताक्षरको प्रयोजन खुलाउनुपर्ने, खाली कागजमा हस्ताक्षर गर्न नमानेको जस्ता राजनीतिक गसिप पनि सामाजिक सञ्जालमा चर्चाका विषय बने ।

तर, स्वयम् शेखर भने अहिलेको अवस्थामा उपसभामुख राना मगरलाई हटाएर सरकारलाई थप अलोकप्रिय बनाउने पक्षमा देखिएका छन् ।

उनले २०८१ असार ३० गते गठित दुई ठूला दलको शक्तिशाली सरकारको कामलाई लिएर समाजमा चर्को असन्तोष देखिएका बेला उपसभामुखलाई हटाउने कदम चालेर आगोमा घ्यू थप्न नहुने कुरा आफूनिकटहरूसँग बताइरहेका छन् ।

स्वकीय सचिव दिनेशचन्द्र थपलियालाले जनमानसमा तीव्र असन्तोष देखिएका बेला उपसभामुख हटाउने प्रयासलाई अलोकप्रियता बढाउने अर्को कदमका रुपमा नेता कोइरालाले लिएको बताए ।

‘अहिलेको सरकारले गर्नुपर्ने अन्य धेरै काम छन् । जनतासँग जोडिएका ती महत्वपूर्ण काम छाडेर अहिले किन अलोकप्रिय कदमहरू चाल्नुपर्‍यो ?’, शेखरको भनाइ उद्धृत गर्दै थपलियाले भने, ‘अहिलेको अवस्थामा जनतामा निराशा अत्यधिक बढेको छ । निराशाले आक्रोशित जनताले ढुंगाले हान्ने बेला भइसकेको छ । यो बेला थप अलोकप्रिय कदम चाल्नु उचित होइन ।’

शेखरले अहिलेको सरकारले नयाँ पुस्तालाई पनि राम्रो सन्देश दिनुपर्ने गरि काम गर्नुपर्नेमा अलोकप्रियता बढाउनेतिर लागेको उल्लेख गरेका छन् । ‘हामीले नयाँ पुस्तालाई के सन्देश दिने ?’, शेखरले सरकारको कार्यशैलीबारे भनेका छन्, ‘गर्नुपर्ने काम अनगिन्ति छन् । नगर्नुपर्ने कामतिर सरकार अल्मलिएर बस्नु उचित होइन ।’

हस्ताक्षरबारे खबर छैन

थपलियाका अनुसार मंगलबार कांग्रेस संसदीय दलको कार्यालयमा सांसदहरूबीच चलाइएको हस्ताक्षर अभियानबारे नेता कोइरालालाई कुनै जानकारी छैन । ‘दलको कार्यालयबाट उहाँलाई कुनै किसिमको खबर आएको छैन’, थपलियाले खबरहबलाई भने, ‘दलले भनेपछि हस्ताक्षर नगर्ने भन्ने हुँदैन । तर अहिलेसम्म नेता कोइरालालाई त्यसबारे कुनै जानकारी नभएकाले पनि हस्ताक्षर नगर्नु भएको हो।’

उता प्रमुख सचेतक श्याम घिमिरेमार्फत् सबै सांसदहरूलाई सिंहदरबार बोलाएर हस्ताक्षर संकल गराएका सभापति एवम् दलका नेता शेबरहादुर देउवाले पनि मंगलबार हस्ताक्षर गरेनन् ।

एकजना सांसदका अनुसार दलका नेता देउवा र अर्का नेता कोइराला दुवैजनाले उपसभामुख राना मगरलाई हटाउन संकलन गरिएको भनिएको कागजमा हस्ताक्षर गरेका छैनन् ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ७ : १६ बजे

बस चल्न थालेपछि जग्गादाता खुसी

गलकोट– लहलह धान झुल्ने खेतमा बसपार्क बनाउन दिएको जग्गा २४

दक्षिण भारतमा बस आगलागीमा कम्तीमा २५ जनाको मृत्यु

एजेन्सी – दक्षिणी भारतको कुर्नुल जिल्लामा शुक्रबार बिहान मोटरसाइकलले यात्रु

झापामा दुई पुरुष मृत भेटिए

दमक– जिल्लाको दमक र कमल गाउँपालिकामा आज बिहान एक वृद्धसहित

बगहीमा नेपाल-भारतको साझा छठघाट

महोत्तरी– महोत्तरी र धनुषाको सीमामा रहेको  बिगही नदीमा नेपाल(भारतको साझा

उपत्यकामा सक्रिय ट्राफिक प्रहरी, करिब २०० जना कारबाहीमा

काठमाडौं– जेन-जी आन्दोलनपछि दसैँमा काठमाडौँका सडकमा प्रहरीको न्यून उपस्थिति देखिए