हिजबुल्लाहलाई निःशस्त्र गर्ने प्रतिबद्धतापछि अमेरिकी दूतले इजरायलसँग युद्धविरामबारे छलफल गर्ने « Khabarhub

हिजबुल्लाहलाई निःशस्त्र गर्ने प्रतिबद्धतापछि अमेरिकी दूतले इजरायलसँग युद्धविरामबारे छलफल गर्ने


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

बेरुत- लेबनानले हिजबुल्लाहलाई निःशस्त्र बनाउने अमेरिकी समर्थित योजनालाई समर्थन गरेपछि लेबनानका लागि अमेरिकी विशेष दूत टम बराकले सोमबार उहाँको टोलीले इजरायलसँग दीर्घकालीन युद्धविरामबारे छलफल गर्ने बताएका छन् ।

राष्ट्रपति जोसेफ आउनसँगको भेटपछि बराकले वासिङ्टनले युद्धपछिको पुनर्निर्माणका लागि आर्थिक प्रस्ताव तयार पार्ने बताए । उनले प्रधानमन्त्री नवाफ सलाम र सभामुख नबिह बेर्रीसँग पनि भेट्ने तयारी गरेका छन् । बेर्रीले प्रायः हिजबुल्लाहको तर्फबाट वार्ता गर्छन् ।

बराकले भने, “लेबनानी सरकारले पहिलो कदम पूरा गरेको छ । अब इजरायलले समान प्रयास गर्नुपर्छ ।”

गत हप्ताको निर्णयले इरान समर्थित हिजबुल्लाह र यसको सहयोगीहरूलाई चिन्तित बनाएको छ । हिजबुल्लाहका महासचिव नाइम कासेमले निःशस्त्रीकरणको प्रयासविरुद्ध लड्ने प्रतिज्ञा गरेका छन् । यसले देशमा गृहयुद्धको डर बढाएको छ ।

बराकले हिजबुल्लाहले आह्वानलाई समर्थन गरेन भने अवसर गुमाउने चेतावनी दिए । आउन र सलाम दुवैले हिजबुल्लाह र अन्य सशस्त्र समूहलाई निःशस्त्र बनाउने र इजरायलले आक्रमण रोक्न तथा कब्जा फिर्ता गर्न आग्रह गरेका छन् ।

आउनले लेबनानको सेनाको क्षमता बढाउन कोष वृद्धि र अन्तर्राष्ट्रिय दाताबाट सहयोग जुटाउन चाहेको बताए । विश्व बैंकको अनुमान अनुसार, सन् २०२४ को अन्त्यतिर हिजबुल्लाह र इजरायलको युद्धले दक्षिणी र पूर्वी लेबनानमा करिब ११ अर्ब १० करोड डलरको आर्थिक नोक्सान पुर्‍याएको थियो ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ७ : ३३ बजे

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित