आर्थिक वर्षको पहिलो महिनामा २४ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता « Khabarhub

आर्थिक वर्षको पहिलो महिनामा २४ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालको औद्योगिक क्षेत्रमा २४ अर्ब रुपैयाँभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

उद्योग विभागले प्रकाशन गरेको तथ्यांकअनुसार साउन महिनामा विभिन्न १२७ वटा उद्योगमा २४ अर्ब १० करोड ४९ लाख ९५ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको हो ।

सो अवधिमा ८१ वटा उद्योगमा अटोमेटिक रुटमार्फत ७३ करोड सात लाख ४५ हजार रुपैयाँ बराबरको र प्रणालीमार्फत विभिन्न ४६ वटा उद्योगमा २३ अर्ब ३७ करोड ४२ लाख ५० हजार रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।

साउन महिनामा आएको वैदेशिक लगानी प्रतिबद्धतामध्ये १२५ वटा साना उद्योगको लागि र दुईवटा ठूलो उद्योगको लागि रहेको छ । जसमध्ये सबैभन्दा धेरै कृषि क्षेत्रमा ८३ प्रतिशत, पर्यटन क्षेत्रमा १३ प्रतिशत, उर्जा क्षेत्रमा १ प्रतिशत, उत्पादन क्षेत्रमा एक प्रतिशत, सेवा क्षेत्रमा एक प्रतिशत र सूचना प्रविधि क्षेत्रमा एक प्रतिशत रहेको छ ।

साथै, साउन महिनामा विभिन्न आठवटा कम्पनीको सेयर खरिद सम्झौता भएको र विभिन्न पाँच वटा कम्पनीको प्रविधि हस्तान्तरण सम्झौता भएको छ ।

सो अवधिमा विभिन्न विदेशी कम्पनीले दुई अर्ब ९० करोड ७७ लाख ८९ हजार ५४० रुपैयाँ रोयल्ट र लाभांश लगेको विभागको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ८ : ०६ बजे

विश्वकपमा दीपेन्द्रको सम्झनायोग्य ब्याटिङ : दुई अर्धशतकसहित सर्वाधिक १६९ रन

काठमाडौं – आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो चौथो खेलमा

निर्वाचन १५ दिन बाँकीः प्रविधिको दुरुपयोग नगर्न आयोगको आग्रह

काठमाडौं – निर्वाचन आयोगले प्रविधिको दुरुपयोगले निर्वाचनको निष्पक्षतालाई नै धराशायी

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज ग्याल्पो ल्होसारको सार्वजनिक बिदा

काठमाडौं – शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल फागुन ६ गते बुधबार फागुन