एक वर्षमा मारिए ३८३ सहायताकर्मी, अन्तर्राष्ट्रिय उदासीनता ‘लज्जास्पद’ | Khabarhub Khabarhub

एक वर्षमा मारिए ३८३ सहायताकर्मी, अन्तर्राष्ट्रिय उदासीनता ‘लज्जास्पद’


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – सन् २०२४ मा ३८३ जना सहायताकर्मीको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ । राष्ट्रसङ्घले यो तथ्याङ्क र जवाफदेहिताको अभावलाई अन्तर्राष्ट्रिय उदासीनताको ’लज्जास्पद अवस्था’को संज्ञा दिएको छ ।

सन् २०२४ को यो तथ्याङ्क अघिल्लो वर्षको तुलनामा ३१ प्रतिशतले वृद्धि भएको संयुक्त राष्ट्रसङ्घले विश्व मानवीय दिवसको अवसरमा जानकारी गराएको छ ।

संयुक्त राष्ट्रसङ्घले भनेको छ, ‘गाजामा जारी द्वन्द्वका कारण १८१ जना मानवीय सहायतामा जुटेका व्यक्तिको मृत्यु भएको थियो भने सुडानमा ६० जनाले ज्यान गुमाएका थिए ।’

सन् २०२४ मा भएका यी मृत्युमा राज्यका निकायहरू नै सबैभन्दा बढी दोषी रहेको बताइएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार मारिनेमा अधिकांश स्थानीय कर्मचारी रहेका छन्, जसलाई ड्युटीको क्रममा वा घरमा आक्रमण गरिएको थियो ।

गत वर्ष मारिने बाहेक ३०८ जना राष्ट्रसङ्घीय सहायताकर्मी घाइते भएका थिए भने १२५ जना अपहरणमा परेका थिए र ४५ जना पक्राउ परेका थिए ।

‘मानवतावादीहरूको सम्मान र संरक्षण हुनैपर्छ’, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उनीहरूलाई कहिल्यै निशाना बनाउन हुँदैन ।’

विज्ञप्तिमा भनिएको छ, ‘यो नियम कुनै सम्झौता योग्य छैन र सबै पक्षहरूलाई सधैँ र सर्वत्र द्वन्द्वको लागि बाध्यकारी छ, तरपनि दण्डहीनताले सीमा पार गरेको छ ।’

उनले दोषीलाई न्यायको कठघरामा ल्याउन माग पनि गरेका छन्‌ ।

जीवनरक्षाको काम

‘एड वर्कर सेक्युरिटी डाटाबेस’को अस्थायी तथ्याङ्कअनुसार यस वर्ष अगष्ट १४ सम्म २६५ जना सहायताकर्मी मारिएका छन् ।

संयुक्त राष्ट्रसङ्घको मानवीय निकाय ओसीएचएका प्रमुख टम फ्लेचरले भने, ‘शून्य जवाफदेहीताका साथ यस स्तरमा भएका आक्रमणहरू अन्तर्राष्ट्रिय अकर्मण्यता र उदासीनताको लज्जास्पद अभियोग हो।’

उनले भने, ‘सहायताकर्मीहरूविरुद्ध हिंसा गलत छ, यसको अन्त्य हुनैपर्छ।’

इन्टरनेसनल रेडक्रस र रेड क्रिसेन्ट अभियानका अनुसार यस वर्ष अहिलेसम्म १८ जना आफ्ना कर्मचारी र स्वयंसेवकको सहायता वितरण र ज्यान जोगाउने काम गर्ने क्रममा मृत्यु भएको छ ।

‘प्रत्येक हत्याले उनीहरूको जीवन जोखिममा हुन्छ भन्ने खतरनाक सन्देश दिन्छ। तिनीहरू जोखिममा हुनुहुँदैन’, अभियानले भनेको छ ।

यसैबीच, संयुक्त राष्ट्रसङ्घको विश्व स्वास्थ्य सङ्गठनले सुडानमा भएको आक्रमणमा परी एक हजार १२१ स्वास्थ्यकर्मी र बिरामीको मृत्यु हुनुका साथै सयौँ घाइते भएको जनाएको छ ।

डब्ल्यूएचओले भनेको छ, ‘प्रत्येक आक्रमणले स्थायी क्षति पुर्‍याउँछ र यसले जब उनीहरूलाई रेखदेखको सबैभन्दा बढी आवश्यकता हुन्छ, त्यतिवेला सहयोगको उपलब्धतामा समस्या पर्छ । सम्पूर्ण समुदायलाई जीवन रक्षक हेरचाहबाट बञ्चित गर्दछ, स्वास्थ्य सेवा प्रदायकहरूलाई खतरामा पार्छ र पहिले नै तनावग्रस्त स्वास्थ्य प्रणालीलाई कमजोर पार्छ ।’

ओसीएचएका प्रवक्ता जेन्स लार्कले भने, ‘यी मध्ये कुनै पनि आक्रमणका लागि ‘कममात्र’ मानिसहरूलाई न्यायको कठघरामा ल्याइएको छ ।’

संयुक्त राष्ट्रसङ्घ मानव अधिकार कार्यालयले विश्वव्यापी क्षेत्राधिकारको सिद्धान्त प्रयोग गरी अपराधीहरूलाई जवाफदेही बनाउन देशहरूलाई आग्रह गरेको छ ।

सन् २००३ मा बग्दादस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भएको बम विष्फोटमा संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख सर्जियो भिएरा डे मेलोसहित २१ जना मानवीय सहायता अधिकारीको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ८ : ४२ बजे

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति करिब ६० प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम

हमासले युद्धविराम प्रस्ताव स्वीकारेपछि इजरायलद्वारा सबै बन्धकलाई रिहा गर्न माग

एजेन्सी – इजरायलका एक वरिष्ठ अधिकारीले हमासले युद्धविरामको नयाँ प्रस्ताव

आठ महिनामा जापानीज इन्सेफलाइटिस्‌बाट ६३ सङ्क्रमित, ११ जनाको मृत्यु

काठमाडौँ – जापानीज इन्सेफलाइटिस्‌बाट सन् २०२५ को हालसम्म ११ जनाको

काभ्रेको भुम्लुका दुई वडामा लालपूर्जा बाँड्न सुरु

काभ्रे –५० वर्षदेखि आफ्नो जग्गाको लालपूर्जाको प्रतिक्षामा रहेका काभ्रेको भुम्लु

एक वर्षमा मारिए ३८३ सहायताकर्मी, अन्तर्राष्ट्रिय उदासीनता ‘लज्जास्पद’

एजेन्सी – सन् २०२४ मा ३८३ जना सहायताकर्मीको मृत्यु भएको