काभ्रेको भुम्लुका दुई वडामा लालपूर्जा बाँड्न सुरु | Khabarhub Khabarhub

काभ्रेको भुम्लुका दुई वडामा लालपूर्जा बाँड्न सुरु


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काभ्रे –५० वर्षदेखि आफ्नो जग्गाको लालपूर्जाको प्रतिक्षामा रहेका काभ्रेको भुम्लु गाउँपालिकाको दुईवटा वडाका स्थानीयको प्रतिक्षा समाप्त भएको छ । आज मंगलबारदेखि भुम्लुको वडा नं ७ र ८ का स्थानीयले जग्गाधनी प्रमाण पूर्जा अर्थात लालपूर्जा प्राप्त गर्न थालेका छन् ।

आज लालपूर्जा पाउनेमध्येका एक दिए भुम्लु ८ का ८६ वर्षीय गीर्वराज उप्रेती । उनी आज निकै खुशी देखिएका थिए । आफूले भोगचलन गर्दै आएको जमिनको ५० वर्षपछि भूमी व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको हातबाट आफ्नो जग्गाको जग्गाधनी प्रमाण पुर्जा प्राप्त गरेपछि उनको मुहारमा खुशी झल्किएको हो ।

वि.सं. २०३२ सालदेखि लालपुर्जाको आशामा रहेका भुम्लु गाउँपालिकामा दुई वडाका जग्गाधनीले लालपुर्जा पाएका थिएनन् । नापी कार्यालय काभ्रेपलान्चोकले नापी टोलीलाई गाउँमा खटाएर स्थानीयबासीको समस्या समाधान गरेपछि स्थानीयले आफ्नो जग्गाको लालपुर्जा पाएका हुन् ।

मन्त्री अधिकारीले विभिन्न समितिले दिएको प्रतिवेदनको आधारमा भुम्लुको जग्गाको समस्या समाधान गरिएको बताए । रकारले आगामी पुस मसान्तभित्र भुम्लुका लालपुर्जाविहिन नागरिकलाई लालपुर्जा दिनेगरी काम अघि बढाइएको उनको भनाइ छ ।

कार्यक्रममा नापी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख नापी अधिकृत अशोककुमार भुसालले हालसम्म वडा नम्बर–७ बाट लालपुर्जा प्राप्त गर्नका लागि ६२७ जनाले निवेदन दिएको बताए । निवेदन दिएकामध्ये हालसम्म लगत भिडाउनका लागि मालपोत कार्यालयमा ४७३ वटा निवेदन पठाइएको हालसम्म १८५ वटा निवेदनको लगत भिडेर आएको उनको भनाई छ । लगत भिडेर आएकामध्ये सात वटा सरकारी र १७७ वटा घरपरिवारको लालपुर्जा तयार भएको छ ।

यस्तै वडा नम्बर–८ मा लालपुर्जाका लागि ८७० वटा निवेदन परेको नापी कार्यालयले जनाएको छ । वडा नम्बर–८ बाट आएको निवेदनमध्ये ७०४ वटा निवेदनको लगत भिडाउनका लागि मालपोत कार्यालय पठाइएकोमा ४२८ वटा निवेदनको लगत भिडेर आएको प्रमुख नापी अधिकृत भुसालले बताए ।

लगत भिडेर आएकामध्ये हालसम्म २४६ वटाको लालपुर्जा तयार भएको र हालसम्म १७ वटा निवेदनको लगत नभिडेको उनले जानकारी दिए । भुम्लु गाउँपालिका–७ मा तीन सय घरधुरी रहेको र वडा नम्बर–८ मा ६०० घरधुरी रहेको नापी कार्यालयले जनाएको छ ।

कार्यालयले वडा नम्बर–७ को तुलनामा वडा नम्बर–८ मा जग्गाको स्वामित्व धेरैमा गएकोले उक्त वडामा जग्गाको कारोबार धेरै भएको जनाएको छ ।

साविकको पिपलटार गाविस हुँदादेखि नै कमाई गर्दै आएको खेतियोग्य जमिन पिपलटार गाविस फुट्दा भुम्लुटार र फलाँटे गाविस दुवैमा परेपछि त्यो खेतियोग्य जमिन कुन गाविसले लिने भन्ने विषयमा विवाद हुँदा वि.सं. २०३२ सालमा नापी गर्न गएको टोली र दुई गाविसका नेतृत्वको विवादका कारण नापी टोली फर्किएपछि स्थानीयबासीले लालपुर्जा पाउन सकेका थिएनन् ।

वि.सं.२०३२ सालमा विवाद भएपछि २०३५ सालमा पुनः नापी टोली उक्त गाविसमा नापीका लागि गएको थियो । उक्त समयमा पनि दुई गाविसबीच उक्त जग्गाको विषयमा विवाद चर्किएपछि नापी टोली काम नगरी फर्किएको थियो ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ८ : ५१ बजे

मधेश प्रदेश प्रमुखले बाटोमै बनाइन् एमाले नेता सरोज यादवलाई मुख्यमन्त्री

काठमाडौं– मधेस प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान नेकपा

तनहुँको नयाँ सहर आयोजना : २० किलोमिटर सडक कालोपत्र

तनहुँ– नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले २० किलोमिटर सडक

नजिकबाट माछापुच्छ्रे नियाल्न ‘हेम्जाकोट’

गण्डकी– कास्कीको माछापुच्छ्रे गाउँपालिका-६ मा अवस्थित हेम्जाकोट गाउँ नजिकबाट माछापुच्छ्रे

तल्लो हेवा खोला जलविद्युत आयोजनाको ऋण सम्झौता

काठमाडौं– पाँचथरस्थित तल्लो हेवाखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ

झापा महिला गोल्डकप : उपाधिका लागि आज एपीएफ र पुलिस भिड्ने

काठमाडौं– पहिलो संस्करणको झापा महिला गोल्डकप फुटबलको उपाधिका लागि आज