‘माइतीघर’को ट्रेलर : उपासनका लागि धिरज र प्रकाशको नोकझोँक, हाँस्य भूमिकामा केदार « Khabarhub

‘माइतीघर’को ट्रेलर : उपासनका लागि धिरज र प्रकाशको नोकझोँक, हाँस्य भूमिकामा केदार


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – असोज १३ अर्थात् आगामी फूलपातीबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘माइतीघर’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले बिहीबार बानेश्वरको एक फिल्म हलमा कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरेको हो ।

सामाजिक कथामा बनेको यस फिल्मको ट्रेलरमा फिल्मका शीर्ष कलाकारहरु नायकहरु धिरज मगर, प्रकाश सपुत, नायिका उपासना सिंह ठकुरी र कलाकार केदार घिमिरेलाई प्रमुख स्थान दिइएको छ ।

फिल्मको कथा त्रिकोणात्मक प्रेमकथा रहेको ट्रेलरले स्पष्ट पारेको छ । नायक प्रकाश र नायिका उपसनाको प्रेममा धिरजको प्रवेश भएपछि उत्पन्न परिस्थिति ट्रेलरमा देखाइएको छ ।

ट्रेलरको अन्तिममा प्रकाश र धिरजको फाइटको दृश्य राखिएको छ । प्रेमकै लागि दुईको झगडा परेको हुन्छ ।

ट्रेलर हेर्दा केदार घिमिरे भने यस फिल्ममा सहायक भूमिकामा रहेको बुझ्न सकिन्छ । उनी हाँस्य भूमिकामा रहेका छन् । ‘छक्का पञ्जा’ सिरिजबाट चर्चामा आएको उनको ‘हल्का रमाइलो’ भन्ने संवाद यस फिल्ममा पनि समावेश गरिएको छ ।

यो फिल्म मिलन तामाङको निर्देशनमा बनेको हो भने लेखक रामशरण पाठक हुन् । रोहित अधिकारी प्रस्तुतकर्ता रहेको यो फिल्मको निर्माताहरु रविन शेरचन र धिरज तामाङ हुन् ।

यो फिल्मले हलमा अन्य फिल्मसँग बक्स अफिस प्रतिस्पर्धा गर्दैछ । यही मितिमा फिल्महरु ‘बलिदान’, ‘अभिमन्यु’ र ‘हरिबहादुरको जुत्ता’ प्रदर्शनमा आउँदैछन् ।

ट्रेलर :

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  २ : ३१ बजे

युद्धबन्दी हस्तान्तरणबारे युक्रेनसँग दक्षिण कोरिया असन्तुष्ट

सियोल– युक्रेनले रुसका लागि लडिरहेका दुई उत्तर कोरियाली सैनिकलाई दक्षिण

चाडपर्वमा सडक अस्थायी रूपमा सञ्चालनयोग्य बनाउन आग्रह

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले बाढीपहिरोका

प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा छ वटा विधेयक प्रस्तुत गरिएको छ ।

पक्राउपछि दुर्गा प्रसाईँलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं– मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईँ फेरि पक्राउ परेका

इरानसँग तनाव बढेपछि तेलको मूल्य उकालो, विश्व बजारमा दबाब

न्युयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको सातदिने युद्धविराम