आज २०८२ साल असोज ३ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८२ साल असोज ३ गते शुक्रबारको राशिफल


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असोज ३ गते शुक्रबार। आश्विन कृष्ण पक्षको त्रयोदशी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर १९ तारिख। सोह्र श्रद्धको त्रयोदशी श्राद्ध। संविधान दिवस आजै परेको छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। सञ्चित धन खर्च भए पनि योजना सफल बन्नेछ। आज बनेको योजना दीर्घकालसम्म रहने छ। धार्मिक अभियान्तासँगको सहकार्यले मन शान्त बन्नेछ। परिवारमा धोरै बोलेर अगाडि बढ्दा फाइदा हुनेछ।

वृष : दिन सामान्य छ। व्यापार सुरु नगर्नु उचित हुनेछ। कुनै काम गर्नु परेमा अरुको सहयोग लिनुपर्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले नयाँ कामको सुरुवात हुनेछ। साथीसँग बोल्दा सचेत बन्नुपर्ने दिन छ।

मिथुन : दिन राम्रो छ। ठुला व्यक्तिसँगको संगतले मानसिक अप्ठेरो हट्नेछ। दाजुभाइको साथ र सहयोग प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ। परिवारमा सुख र शान्ति मिल्नेछ।

कर्कट : दिन धेरै राम्रो छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नुपर्नेछ। आफन्तबाट धोका हुनेछ। काम गर्दा सचेत बन्नुपर्नेछ। शैक्षिक क्षेत्रका व्यक्तिसँगको भेटले मन शान्त हुनेछ।

सिंह : दिन राम्रो छ। बलले भन्दा बुद्धिले काम गर्नुपर्ने समय आएको छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। उत्तरको यात्रा नगर्नु उचित हुन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा फाइदा हुनेछ।

कन्या : दिन सामान्य छ। जिम्मेवारी थपिने दिन छ। कृषि क्षेत्रको लगानीबाट फाइदा हुनेछ। श्रमको मूल्य प्राप्त हुनेछ। परिवारलाई विश्वास गर्दा धोका हुने खतरा छ। प्रेम सम्बन्धमा मनमुटाव हुनेछ।

तुला : दिन राम्रो छ। तपाईंको प्रतिभाको प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। आफन्तले भन्दा बाहिरका साथीको प्रशंसा सुन्न्न पाइने छ। परिवार भित्र भने तनाव बढ्ने जोखिम छ।

वृश्चिक : दिन सामान्य छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। शिक्षामा गरेको लगानीबाट प्रगति हुनेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछन्। साथीभाइको सहयोग मिल्नेछ।

धनु : दिन राम्रो छ। तपाईंको बोलीको प्रभावले काम सहजै बन्नेछ। मनमा लागेका कुरा सार्वजनिक गर्नु राम्रो हुनेछ। विपक्षीले प्रशंसा गर्नेछन्। परिवारको साथ र सहयोग मिल्नेछ।

मकर : दिन सामान्य छ। बोल्दा तीन पाटक सोच्नुपर्ने दिन छ। व्यापार स्थिर रहने छ। शिक्षामा मिहिनेत गर्नुपर्ने देखिन्छ। स्वास्थ्यमा भने सुधारका संकेत भेटिनेछन्। राजनीतिक क्षेत्रमा जोस र जाँगर बढ्नेछ।

कुम्भ : दिन सामान्य राम्रो छ। आर्थिक दृष्टिले दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। धेरै तर्क नगर्नु उचित हुनेछ। दान गरेर दिनको सुरुवात गरेमा नाफा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

मीन : दिन सामान्य छ। मनमा खटपटी बढ्ने जोखिम छ। साथीसँग नम्र भावका साथ बोल्नुपर्नेछ। स्वास्थ्यमा समस्या हुने जोखिम छ। परिवारसँगको सम्बन्ध भने सुमधुर बन्नेछ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ५ : ०३ बजे

एमालेले प्रधानमन्त्री वालेन्द्रलाई बधाई दिँदै भन्यो : हामी जनमतको सम्मान गर्छौँ

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको सातौं बैठकले

‘प्रहरी हुँ’ भन्दै अपहरण गर्ने एक जना पक्राउ

भक्तपुर – आफूलाई अनुसन्धान विभागको ‘प्रहरी हुँ’ भन्दै अपहरण गर्ने

‘तुल्सा कलेक्सन’को सम्पत्ति शुद्धीकरणमा यसरी जोडिए अजय चौरसिया र लक्ष्मी खतिवडा

ललितपुर– विभिन्न सामाजिक सञ्जालमा ‘तुलसा कलेक्सन’ नामले परिचित टिकटकर तुल्सा

एमाले बैठक : दलको नेता चयनमा पार्टी हस्तक्षेप नभएको स्पष्टीकरण, सरकारका निर्णयको कडा विरोध

ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालयको सातौं बैठक

सुरक्षासम्बन्धी समस्या समाधान गरिदिन माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

खोटाङ– खोटाङमा विद्यमान रहेका शान्ति, सुरक्षासम्बन्धी समस्या यथाशीघ्र समाधान गरिदिन