पुटिनले युक्रेन युद्धविराममा निराश पारे : ट्रम्प « Khabarhub

पुटिनले युक्रेन युद्धविराममा निराश पारे : ट्रम्प


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

वाशिङटन् – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार भ्लादिमिर पुटिनले युक्रेनमा जारी युद्धलाई रोक्ने आफ्नो प्रयासमा ‘वास्तवमै निराश पारेको’ बताएका छन्।

बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले रुसी नेतामाथि थप दबाब दिन आह्वान गरिरहँदा उनले पुटिनले वास्तवमै निराश बनाएको बताएका हुन्।

बेलायतको राजकीय भ्रमणका क्रममा स्टार्मरसँगको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले द्वन्द्व अन्त्य गर्न नसक्नु आफ्नो ‘सबैभन्दा ठूलो निराशा’ भएको बताएका हुन् । उनले पुटिनविरुद्ध आफ्नो आगामी कदमको बारेमा भने केही बताएका छैनन्।

उनले पुटिनलाई वार्ताको टेबलमा ल्याउन बाध्य पार्न पश्चिमी सहयोगीहरूलाई रुसी तेल किन्न बन्द गर्न आग्रह गरेका छन् । यद्यपि, उनले मस्कोविरुद्ध कुनै पनि एकपक्षीय कदम चाल्नबाट भने पछि हटेको देखिन्छ ।

अमेरिकी राष्ट्रपतिले अगस्टमा पुटिनलाई वार्ताका लागि अलास्कामा आमन्त्रण गरेका थिए। उनले रुसी नेताप्रति बारम्बार झुकाव राख्दा आफ्ना सहयोगीहरू निराश बन्न पुगेका स्वीकार गरेका छन् ।

ट्रम्पले भनेका छन्, ‘रूसी राष्ट्रपति पुटिनसँगको मेरो सम्बन्धका कारण मैले सोचेको द्वन्द्व सबैभन्दा सजिलो हुनेछ तर उहाँले मलाई निराश पार्नुभएको छ । उहाँले वास्तवमै मलाई निराश पार्नुभएको छ।’

ट्रम्पले युक्रेनमा शान्ति छाउने आशा गर्दै अगाडि भने “रुस र युक्रेनले यो काम पूरा गर्नेछन्।”

बेलायती प्रधानमन्त्री स्टार्मरले अमेरिकी नेताबाट किएभका लागि थप प्रतिबद्धता सुरक्षित गर्ने प्रयासमा ट्रम्प र युरोपेली सहयोगीहरूको आफूलाई पुलको रूपमा प्रस्तुत गरेका छन्।

उनले ट्रम्पलाई प्रत्यक्ष रूपमा नचिढाउन सावधानी अपनाएको देखिन्थ्यो। उनले अमेरिकी राष्ट्रपतिका रूपमा आफूले रूसी समकक्षी पुटिनमाथि कसरी ‘निर्णायक रूपमा दबाब बढाउने’ भनेर छलफललाई जारी राख्ने राख्ने बताएका छन्।

स्टार्मरले भनेका छन्, “हामीले पुटिनमाथि थप दबाब दिनुपर्छ । जब अमेरिकी राष्ट्रपति ट्रम्पले पुटिनलाई दबाब दिनुभएको छ तब मात्र उहाँले वास्तवमा युद्धविराम गर्ने कदम लिन खोजेको देखिएको छ । त्यसैले हामीले त्यो दबाब बढाउनु पर्छ।”

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ६ : १९ बजे

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित