एसिया कप : श्रीलंकासँग अफगानिस्तान पराजित हुँदा बंगलादेश सुपर फोरमा « Khabarhub

एसिया कप : श्रीलंकासँग अफगानिस्तान पराजित हुँदा बंगलादेश सुपर फोरमा


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गएराति भएको खेलमा श्रीलंकासँग पराजित भएसँगै अफगानिस्तान एसिया कपको समूह चरणबाट बाहिरिएको छ । अफगानिस्तान पराजित हुँदा बंगलादेश भने सुपर फोरमा पुगेको छ । समूह चरणको अन्तिम खेलमा श्रीलंकाले अफगानिस्तानलाई ६ विकेटले हराएको हो ।

दुबईको शेख जायद क्रिकेट स्टेडियममा सुरुमा ब्याटिङ गरेको अफगानिस्तानले दिएको १७० रनको लक्ष्य श्रीलंकाले १८ ओभरमा पूरा गरेको हो । मात्र चार विकेटको क्षतिमा श्रीलंकाले १८ ओभर ४ बलमा १७१ रन बनाएको हो ।

श्रीलंकाको जितमा कुशल मेन्डिसले नटआउट ७४ रन हिर्काए । सानदार अर्धशतकका लागि ५२ बल खेलेका उनले १० वटा चौका हिर्काए । उसका लागि कुशल परेराले २८ रन बनाउँदा कमिन्दु मेन्डिसले २६ रन थपे ।

बलिङतर्फ अफगानिस्तानका मुजिब उर रहमान, अमत उल्लाह ओमार्जी, मोहम्मद नावी र नोर अहमले एकएक विकेट हात पारे ।

सुरुमा ब्याटिङ गरेको अफगानिस्ताले पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १६९ रन बनाएको हो । अफगानिस्तानका लागि मोहमद नावीले आक्रामक ब्याटिङ गर्दै सानदार अर्धशतकीय पारी खेले । मात्र २२ बलको सामना गरेका उनले ६ छक्का र तीन चौकाको मद्दतमा ६० रन बनाएका हुन् । उसका लागि इब्राहिम जर्दान र रासिद खानले समान २४–२४ रन जोड्दा सिद्धकउल्ला अतलले १८ रन थपे ।

बलिङतर्फ श्रीलंकाका नुवान थुर्साराले चार विकेट हात पारे । चार ओभर बलिङ गर्दा उनले मात्र १८ रन खर्चिएर चार विकेट लिएका हुन् । दुश्मान्था चमेरा, दुनिथ एलागे र दुशान शानकाले एकएक विकेट लिए ।

यो प्रतिस्पर्धासँगै समूह ‘बी’बाट श्रीलंका पहिलो र बंगलादेश दोस्रो हुँदै एसिया कपको सुपर फोरमा प्रवेश गरेका छन् । समूह ‘ए’बाट भने भारत र पाकिस्तान सुपर फोरमा प्रवेश गरिसकेका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ६ : ४० बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको