जेन-जी आन्दोलनपछि पहिलो पटक देखिए ओली « Khabarhub

जेन-जी आन्दोलनपछि पहिलो पटक देखिए ओली


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निवर्तमान प्रधानमन्त्री एवम् नेकपा (एमालें)का अध्यक्ष केपी शर्मा ओली जेन-जी आन्दोलनपछि पहिलो पटक देखिएका हुन् ।

गत भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट सेनाको हेलिकप्टर चढेर शिवपुरी पुगेका ओली भक्तपुरको गुन्डुमा खोजिएको नयाँ डेरामा देखिएका हुन् । एमाले नेता महेश बस्नेतको अग्रसरतामा त्यहाँ ओलीलाई डेरा खोजिएको हो ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष ओलीका अब गुन्डु क्षेत्रमा बसोबास गर्ने जानकारी बिहीबार नै दिइसकेका छन् । शुक्रबार ओली नयाँ डेरामा पुगेको भिडियो क्लिप सामाजिक सञ्जालमा भइरल बनेको छ ।

भिडियोमा महेश बस्नेतका साथमा उभिएका ओलीले कार्यकर्तासँग हात मिलाइरहेको देखिन्छ ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ७ : ४१ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक