एमालेका गल्ती, कमजोरी र भूलप्रति माफी माग्छु : विष्णु पौडेल « Khabarhub

एमालेका गल्ती, कमजोरी र भूलप्रति माफी माग्छु : विष्णु पौडेल


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले विगतमा आफूबाट भएका गल्ती, कमजोरी र भूलहरुप्रति क्षमायाचना गरेका छन्। 

संविधान दिवसको अवसरमा सन्देश जारी गर्दै उनले विगतका निर्णय र कार्यहरूको गम्भीर समीक्षा हुने उल्लेख गर्दै व्यक्तिगत रूपमा पनि आत्मालोचना गरेका हुन्।

पौडेलले भनेका छन्, ‘विगतमा नेकपा (एमाले) ले लिएका निर्णय, गरेका काम र तिनको परिणामका सम्बन्धमा गम्भीर समीक्षा हुनेछ। व्यक्तिगत रूपमा आफ्नोतर्फबाट भएका गल्ती, कमजोरी र भूलहरुप्रति क्षमायाचना गर्दछु।’

उनले जेन(जी आन्दोलनका क्रममा भएको हत्या, हिंसा, तोडफोड र आगजनीको निन्दा गर्दै शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। पौडेलले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारबाट शान्ति, सुशासन र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी कदम चालिने अपेक्षा व्यक्त गरेका छन्। 

उनले तोकिएको मितिमा प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्ने र आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

‘जनताको, विशेषगरी युवा पुस्ताको आकांक्षा, असन्तुष्टि र आक्रोसलाई बुझ्न नसक्नु र भ्रष्टाचार नियन्त्रणमा असफल हुनु नै जेन-जी आन्दोलनको मुख्य कारण हो’ उनले भनेका छन् । तर आन्दोलनका क्रममा भएको हिंसा पनि त्यत्तिकै निन्दनीय रहेको उनले बताएका छन् ।

उनले संविधानको रक्षा, प्रयोग र विकासका लागि सबै नेपालीले योगदान दिनुपर्नेमा जोड दिँदै आपसी सद्भाव र एकताका साथ समृद्धि र सामाजिक न्यायको दिशामा अघि बढ्न सकिने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ८ : ०० बजे

भारतले दियो नेपाललाई २ सय २० वटा गाडी

काठमाडौं– भारत सरकारले नेपाल सरकारलाई २ सय २० वटा सवारी

चुलिँदै इरान-अमेरिका तनाव, अर्को युद्धको संघारमा मध्यपूर्व

काठमाडौं- इरान र अमेरिकाबीच बढ्दो तनावले क्षेत्रीय सुरक्षास्थितिलाई थप जटिल

बालेनको चुनौतीपछि झापा ५ मा सघन रुपमा जुट्यो एमाले, टोलसम्मै चुनावी अभियान

दमक- नेकपा एमालेले झापा क्षेत्र नं. ५ मा चुनावी अभियानलाई

इरानको क्रान्तिकारी गार्डमाथि प्रतिबन्ध लागू गर्ने तयारीमा ईयू

ब्रसेल्स– राष्ट्रव्यापी विरोध प्रदर्शनमा तेहरानको दमनमा इरानको अर्धसैनिक क्रान्तिकारी गार्डमाथि

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस प्रदेशका