दैलेखका लेखा अधिकृत एक लाख घुससहित सुर्खेतबाट पक्राउ « Khabarhub

दैलेखका लेखा अधिकृत एक लाख घुससहित सुर्खेतबाट पक्राउ


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- दैलेख जिल्लाको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत (सातौँ तह) टंक बहादुर कार्की एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग केन्द्रीय र आयोगको सुर्खेत कार्यालयबाट खटिएको संयुक्त टोलीले कार्कीलाई शुक्रबार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९, मंगलगढी चोकबाट नियन्त्रणमा लिएको हो।

आयोगका अनुसार कार्कीले सडक स्तरोन्नति सम्पन्न भएपछि अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग १ लाख घुस मागेका थिए।

सेवाग्राहीले उजुरी गरेका आधारमा अख्तियारले निगरानी राखेर कार्कीलाई उक्त रकम लिइसकेको अवस्थामा पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका कार्कीविरुद्ध थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ११ : ३५ बजे

भारतले दियो नेपाललाई २ सय २० वटा गाडी

काठमाडौं– भारत सरकारले नेपाल सरकारलाई २ सय २० वटा सवारी

चुलिँदै इरान-अमेरिका तनाव, अर्को युद्धको संघारमा मध्यपूर्व

काठमाडौं- इरान र अमेरिकाबीच बढ्दो तनावले क्षेत्रीय सुरक्षास्थितिलाई थप जटिल

बालेनको चुनौतीपछि झापा ५ मा सघन रुपमा जुट्यो एमाले, टोलसम्मै चुनावी अभियान

दमक- नेकपा एमालेले झापा क्षेत्र नं. ५ मा चुनावी अभियानलाई

इरानको क्रान्तिकारी गार्डमाथि प्रतिबन्ध लागू गर्ने तयारीमा ईयू

ब्रसेल्स– राष्ट्रव्यापी विरोध प्रदर्शनमा तेहरानको दमनमा इरानको अर्धसैनिक क्रान्तिकारी गार्डमाथि

मधेस प्रदेशका एकहजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

जनकपुरधाम– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मधेस प्रदेशका