रास्वपा सुधार्दै मध्यममार्गी राजनीतिक शक्ति बनाउन तोसिमाले सुझाइन् ४ उपाय | Khabarhub Khabarhub

रास्वपा सुधार्दै मध्यममार्गी राजनीतिक शक्ति बनाउन तोसिमाले सुझाइन् ४ उपाय


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले पार्टीमा तत्काल सुधारात्मक प्रक्रिया थाल्नुपर्ने बताएकी छन्।

संस्थापक सभापति रवि लामिछाने र कार्यवाहक सभापति डीपी अर्यालमार्फत् प्रस्तुत गरिएको प्रस्तावमा उनले पार्टीलाई ’अर्थपूर्ण रूपान्तरण’ गर्नुपर्नेमा जोड दिएकी छन्।

उनले लोकतन्त्र र गणतन्त्रको रक्षा गर्दै सुशासनमा आधारित सरकार निर्माण गर्ने लक्ष्य बोकेर स्थापित भएको रास्वपालाई जनताले ठूलो विश्वासका साथ हेरे पनि पछिल्लो समय उठेका प्रश्नलाई आत्मसात् गर्न आवश्यक रहेको बताइन्।

डा. कार्कीले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि नेपालको राजनीति पुरानै ढर्रामा रहन नसक्ने भन्दै आमूल सुधारका लागि राजनीतिक दलहरूले पुरानो ढाँचा चिर्नुपर्ने आवश्यकता औंल्याइन्।

उनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको दमनका कारण कम्तीमा ७२ जनाको मृत्यु, एक हजारभन्दा बढी घाइते र देशभर भएको तोडफोड, आगजनी तथा लुटपाटले देशलाई गम्भीर संकटमा पारेको बताएकी छन् ।

‘जेन-जी मात्र होइन, जेन-अल्फा र अन्य सबै उमेर समूह, जातजाति, भाषा र भूगोलका प्रतिनिधित्व हुने आकांक्षा समेट्दै भविष्यको नेपाल निर्माण गर्नुपर्छ’, उनले भनेकी छन् ।

पार्टी नेतृत्व, सिद्धान्त, नीति, कार्यक्रमलगायतका आयामलाई पुनरावलोकन गरी मध्यममार्गी राजनीतिक शक्ति निर्माण गर्न अहिले नै उपयुक्त समय रहेको उनको निष्कर्ष छ।

सुधारको माग गर्दै उनले अन्य राजनीतिक दल, विचार समूह तथा स्वतन्त्र व्यक्तिहरूसँग वार्ता गरेर जेन-जी आन्दोलनले उठाएका आकांक्षाअनुसार परिवर्तनलाई संस्थागत गर्न पार्टी अग्रसर हुनुपर्ने पनि भनेकी छन् ।

सुधारका चार प्रस्ताव

(१) सुशासनको पक्षमा र भ्रष्टाचारविरुद्ध उभिएको जेनजी क्रान्तिमा तत्कालीन सरकारले नृशंस दमन गरी कम्तीमा ७२ जनाको निधन, १ हजार भन्दा बढी घाइते र देशभरि विभिन्न तत्वको घुसपैठका कारणले भएको तोडफोड, आगजनी तथा लुटपाटका कारण देशलाई भएको अकल्पनीय क्षतिका कारण नेपाल आज ठूलो संकट र संक्रमणको दोसाँधमा उभिएको छ ।

यस्तो अवस्थामा हामीले जेनजी मात्रै होइन, जेन अल्फा समेतका भावनालाई समावेश गर्ने गरी राष्ट्रका सबै उमेर समूह, सबै जातजाति, सबै भाषाभाषी, सबै भौगोलिक क्षेत्रका बासिन्दा एवं सबै वर्गका पीडा र भविष्यका अपेक्षालाई तत्कालै सम्बोधन गर्नु आवश्यक छ ।

(२) जेनजीको आह्वानमा भएको तेस्रो जनआन्दोलनपछिको अवस्थामा नेपाल राष्ट्र समग्रमा पहिलेकै अवस्थामा रहन सक्दैन र रहनु पनि हुँदैन किनभने सबै क्षेत्रमा आमूल सकारात्मक परिवर्तन उक्त आन्दोलनले माग गरेको छ । यसै क्रममा राजनीतिक पार्टीहरूले समेत पुरानो अवस्थालाई चिरेर महत्वपूर्ण सुधारात्मक परिवर्तन गर्ने सोचलाई आत्मसात् गर्ने पर्छ।

(३) देशको वर्तमान र भविष्यलाई साँच्चिकै नेतृत्व गर्न सक्ने राजनीतिक शक्ति निर्माण गर्नु आजको अपरिहार्य आवश्यकता हो । यसका लागि हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको पनि स्थापनाका आवश्यक केही पाटोको नेतृत्व, सिद्धान्त, नीति, कार्यक्रम आदि सबै आयामको पुनरावलोकन, पुनर्मूल्यांकन र पुनर्संरचना गरेर आजको समयले खोजेको मध्यममार्गी राजनीतिक शक्तिको निर्माणको लागि अहिले नै उपयुक्त समय हो ।

(४) उपरोक्त पृष्ठभूमिमा पार्टीको अर्थपूर्ण रूपान्तरणका लागि तत्काल प्रक्रिया सुरु गरियोस् भनी माग गर्दछु । साथै, यसै क्रममा अन्य राजनीतिक दल, विचार समूह तथा स्वतन्त्र व्यक्तिहरूसँग समेत वार्ता गरी जेन-जी आन्दोलनको आकांक्षा बमोजिमको परिवर्तन संस्थागत गर्ने मध्यममार्गी राजनीतिक शक्तिको निर्माण गर्न अग्रसर हुन पनि हार्दिक अनुरोध गर्दछु ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  १ : ०० बजे

कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत

महोत्तरीमा आज साँझ धनतेरस मनाउने तयारी

महोत्तरी– सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन यसपालिको दीपावली (तिहार) पर्व सुरु

नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किए

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना

अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता

वासिङ्टन डिसी– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता