विष्णु रिजालको चिन्ता : आसनग्रहण गराउन युवा पनि भेटिँदैनन्, जेन–जी त परको कुरा « Khabarhub

विष्णु रिजालको चिन्ता : आसनग्रहण गराउन युवा पनि भेटिँदैनन्, जेन–जी त परको कुरा


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले पार्टी कार्यक्रममा युवाको उपस्थिति दिनानुदिन न्यून हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

संविधान दिवसको अवसरमा शुक्रबार च्यासलमा एमालेले गरेको कार्यक्रममा सहभागी रिजालले यस्तो टिप्पणी गरेका हुन् ।

उनले कार्यक्रममा सहभागी भएपछि फेसबुकमा टिप्पणीसहित लेखेका, ‘पहिले–पहिले बुढापाका भेटिए हतार–हतार मञ्चमा लिएर आसनग्रहण गराइन्थ्यो। अहिले त्यसरी आसनग्रहण गराउन पनि युवा भेटिँदैनन् । जेन–जी पुस्ता त परको कुरा।’

भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि एमालेले पहिलो पटक सार्वजनिक कार्यक्रम आयोजना गरेको हो।

तर उक्त कार्यक्रममा पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित रहे। कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेलसहितका नेताहरू उपस्थित थिए।

रिजालको टिप्पणीले एमालेभित्र युवाको आकर्षण र सहभागिताबारे प्रश्न उठाएको छ। हालको राजनीतिक घटनाक्रममा जेन–जी पुस्ताको सक्रियता बढ्दै गएको चर्चा भइरहेका बेला एमालेको कार्यक्रममा युवाको न्यून उपस्थिति देखिनु पार्टीका लागि चुनौतीको संकेत मानिएको छ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  २ : ०८ बजे

बजाज ‘नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल’ आकर्षक एक्सचेन्ज अफर

काठमाडौं– नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

कुहिरोले प्रभावित आन्तरिक उडान सुचारू

काठमाडौं– आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण काठमाडौँलगायत

विश्वप्रकाश भन्छन्- जेन-जी आन्दोलनपछि पार्टीलाई रूपान्तरण गरेर अघि बढायौँ

काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेन-जी आन्दोलनपछि पार्टीलाई रूपान्तरण

रूसले क्युबामाथि लगाएको प्रतिबन्धमा वासिङ्टनको विरोध

एजेन्सी– रूसले क्युबामा अमेरिकी प्रतिबन्ध कडा पार्ने सम्भावित परिणामको चेतावनी

तीन सवारीसाधन ठोक्किँदा एकजनाको मृत्यु, एक घाइते

भक्तपुर– यहाँको कमलविनायक बसपार्क नजिकै टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु