प्रचण्डले भने- संविधान कार्यान्वयनमा सबै लागौँ « Khabarhub

प्रचण्डले भने- संविधान कार्यान्वयनमा सबै लागौँ


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको रक्षा गर्दै कार्यान्वयनका निम्ति सक्रिय हुन सबैलाई आह्वान गरेका छन् । संविधानलाई संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । 

संविधान दिवसका अवसरमा पेरिस डाँडास्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष दाहालले संविधानलाई बचाउनका निम्ति आफूले सक्दो पहल गरेको बताए । यही भदौ २३ र २४ गते भएको जेन-जीको प्रदर्शनका क्रममा केही घुसपैठ भएको उनको भनाइ छ । 

‘जेन-जीले उठाएका माग हामीले आजभन्दा १० वर्ष अगाडिदेखि नै उठाउँदै आएका हौँ, तर अहिले जेन-जीले आन्दोलन गर्नुपर्ने र दर्जनौँ युवाले ज्यान गुमाउनुपर्ने परिस्थिति सिर्जना हुनु राम्रो होइन’, अध्यक्ष दाहालले भने । 

आफ्नो पार्टी सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सङ्घीयतालगायत महिला, दलित, आदिवासी जनजाति, मधेसी र मुस्लिम समुदायको संवैधानिक अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै उनले अब हिनाताबोध भन्दा पनि सक्रियताका साथ अगाडि बढ्न आग्रह गरे ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ३ : ०४ बजे

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न

कर्णाली– नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माणकार्य

उपत्यकामा ‘उज्यालो नेपाल’को चुनावी यात्रा प्रारम्भ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङसहित काठमाडौं उपत्यकाका सो

बेलायत–चीन सम्बन्ध सुदृढ गर्ने सहमति

एजेन्सी– बेलायत र चीनका नेताहरूले बढ्दो विश्वव्यापी अनिश्चितताको पृष्ठभूमिमा दुई

म्याग्दीको लुलाङमा एक सातादेखि विद्युत सेवा अवरुद्ध

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङ एक हप्तादेखि विद्युत सेवा अवरुद्ध

हिमपातपछि मुक्तिनाथ मन्दिर परिसर सुनसान, कागबेनीमै रोकिए दर्शनार्थी

मुस्ताङ– भारी हिमपात भएपछि यहाँको वारागुङ मुक्तिक्षेत्र—१ स्थित मुक्तिनाथ मन्दिर