हजारौँ हात, आँसु र प्रेरणासँग फेरि उठ्नेछौँ : भाटभटेनी सुपरस्टोर  « Khabarhub

हजारौँ हात, आँसु र प्रेरणासँग फेरि उठ्नेछौँ : भाटभटेनी सुपरस्टोर 


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिष्ठित चेन स्टोर भाट-भटेनीका २१ वटा स्टोरमा भएको आगलागी, तोडफोड र चोरीले सञ्चालक मीनबहादुर गुरुङ र उनका कर्मचारीलाई गहिरो पीडामा डुबाएको छ । 

तर ध्वस्त स्टोर र खरानीमा परिणत भएको सम्पत्तिबिच पनि भाटभटेनी परिवारको मनोबल अझ बलियो बनेर उठ्ने उद्घोष गरेको छ ।

‘दुःखद क्षणहरू गुज्रिए, तर आशा हराएको छैन,’ भाटभटेनीले लेखेको छ ‘आगलागीले केवल भौतिक सम्पत्ति नष्ट गर्‍यो, तर नेपाली समुदायको माया, सहयोग र समर्थनले हाम्रो आत्मबल बढाएको छ ।’

भाटभटेनीमा स्थानीय हजारौँ सहयोगी हातहरूले पसल सफा गर्न मद्दत गरिरहेका छन् । कर्मचारी  परिवारलाई फेरि उठ्न प्रेरित गरिरहेका छन् । 

मीनबहादुर गुरुङ सञ्चालक रहेको भाटभटेनीले भनेको छ, ‘तपाईंहरूको शब्द, तपाईँहरूको साथ, तपाईंहरूको माया नै हाम्रो ठूलो बल हो । भाटभटेनी परिवारले पुनर्निर्माणमा ढिलाइ गर्ने छैन । हामी फेरि उभिनेछौँ । तपाईंहरूको साथमा, भविष्यलाई अझ उज्यालो बनाउनेछौँ ।’

आगलागीपछि देखाइएको सहानुभूति, सहकार्य, र समुदायको माया परिवारका लागि ठूलो प्रेरणाको स्रोत बनेको कम्पनीले जनाएको छ । शुक्रबारको तथ्यांकअनुसार देशभरका २७ भाटभटेनी शाखामध्ये २१ शाखा आगजनी र तोडफोडबाट प्रभावित भएका छन् । 

सीईओ पानु पौडेलका अनुसार, १२ शाखा आगलागीबाट पूर्णरूपमा नष्ट भएका छन् । आगलागीबाट पूरै ध्वस्त भएका शाखाहरूमा काठमाडौंको टंगाल, महाराजगन्ज, बौद्ध, कोटेश्वर, बालुवाटार वेयरहाउस, पोखरा, चितवन, हेटौंडा, विराटनगर, धरान, बिर्तामोड र दमक पर्छन् ।

तोडफोड र लुटपाट भएका शाखाहरूमा काठमाडौ उपत्यकाका कलंकी, ठिमी, बलाजु, जनकपुर, बुटवल, वीरगन्ज, धनगढी, इटहरी र भैरहवा छन् ।

भाटभटेनीका ७ शाखा सुरक्षित रहेको कम्पनीले जनाएको छ। जस्मा टोखा, सातदोबाटो, अनामनगर, सानागाउँ, त्रिपुरेश्वर, पाटन र नेपालगञ्जका शाखामा कुनै क्षति भएको छैन ।

प्रभावित १२ शाखा मुख्य कारोबार गर्ने शाखा थिए, जसले दैनिक कम्तीमा ५ करोड रुपैयाँ बराबरको कारोबार गर्थे। कम्पनीका अनुसार, भाटभटेनीमा करिब १० हजार नेपाली काम गर्छन्, जसमध्ये करिब ५ हजार कर्मचारी प्रभावित शाखामा कार्यरत थिए । आन्दोलनका कारण उनीहरूको रोजगारी र आम्दानीमा ठूलो संकट आएको छ ।

कम्पनीले प्रारम्भिक रूपमा नोक्सानीको मूल्याङ्कन विवरण संकलन गर्न कम्तीमा २–४ हप्तासम्म समय लाग्ने जनाएको छ ।

ध्वस्त स्टोर र क्षतिपूर्तिको चुनौतीका बाबजुद, भाटभटेनी परिवारले पुनर्निर्माणमा आफ्नो दृढ अठोट प्रकट गरेको छ। ‘हामी फेरि उभिनेछौँ। तपाईँहरूको साथमा, भविष्य उज्यालो बनाउनेछ’, उसले भनेको छ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ३ : २७ बजे

सरकारले स्वास्थ्य सुधारका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७

बाढी प्रभावित प्रहरीका सन्ततिलाई निःशुल्क स्नातकोत्तर तहसम्मको शिक्षा

काठमाडौं– नेपाल प्रहरीले कर्तव्यपालनको सिलसिलामा भोटेकोशी बाढीबाट प्रभावित २८ जना

म्यान्माको हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

याङ्गुन – पश्चिम म्यान्माको राखाइन राज्यमा सेनाले गरेको हवाई आक्रमणमा

चोलेन्द्र पक्राउबारे सरकारका प्रवक्ता भन्छन्- सुरक्षित स्थानमा सारिएको हो

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउबारे सरकारका प्रवक्ता सस्मित पोखरेलले

सयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रको बहस सोमबार सम्पन्न भएको