आज २०८२ साल कात्तिक २ गते आइतबारको राशिफल « Khabarhub

आज २०८२ साल कात्तिक २ गते आइतबारको राशिफल


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल कात्तिक २ गते आइतबार। कात्तिक कृष्ण पक्षको त्रयोदशी तिथि। तदनुसार सन् २०२५ अक्टोबर १९ तारिख। काग तिहार र धनवन्तरी जयन्ती आजै परेका छन्। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। लामो यात्रा नगर्नु उचित हुन्छ। धार्मिक कार्यमा सहभागी भएर हिँडेमा दिन सहज बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दिन राम्रो छ । दाजुभाइसँग गरेको कारोबारले तपाईंलाई फाइदा हुनेछ । शिक्षा र स्वास्थ्यमा प्रगतिका पाइला अगाडि बढ्नेछन् । सामाजिक क्षेत्रमा अघि नबढ्नु उचित हुनेछ । धर्मकर्ममा मन जानेछ।

मिथुन : दिन सामान्य राम्रो छ। अनावश्यक क्षेत्रमा सम्पत्ति खर्च हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कर्कट : दिन सामान्य राम्रो छ । स्वदेशको भन्दा विदेशको रमझमले मन आकर्षित गर्नेछ । धार्मप्रति अनास्था बढ्नेछ । परिवारको विश्वास मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : दिन राम्रो छ । लगानीका क्षेत्र सबल बन्नेछन् । शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट फाइदा मिल्नेछ । गीत संगीतको क्षेत्रमा मन जानेछ । गोप्य रूपमा गरेको काममा सफलता मिल्नेछ ।

कन्या : दिन राम्रो छ । बोलीको प्रभावले काम बन्नेछन् । धार्मिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ । परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ । स्वदेशमै रोजगारीको अवसर मिल्नेछ।

तुला : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । व्यापार व्यवसायमा घाटा हुनेछ । धार्मिक कार्यमा समय दिनु उचित हुन्छ । शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्ने छ ।

वृश्चिक : दिन राम्रो छ । धनलक्ष्मी योग परेको छ । सम्पत्तिको सदुपयोग गर्नुहोला । सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या आउन सक्छ ।

धनु : दिन राम्रो छ । साथी भाइसँग रमाइलो भेटघाट हुनेछ । धार्मिक क्षेत्रमा मन आकर्षित हुनेछ । दीर्घकालीन कामका लागि नयाँ योजना बन्नेछ । कार्यक्षेत्रमा तपाईंको प्रशंसा हुनेछ ।

मकर : दिन सामान्य छ । व्यापार व्यवसायमा घाटा हुने दिन छ । स्वास्थ्यले साथ दिए पनि सामाजिक र राजनीतिक क्षेत्रमा त्रास बढ्नेछ । एक्लै निर्णय लिनुभन्दा परिवारको साथ लिएर काम गरेमा फाइदा हुनेछ ।

कुम्भ : दिन सामान्य छ । मध्ये साढेसातीको दशा चलिरहेकाले सोचेका काम नबन्ने जोखिम छ। हरेक काममा झन्झट आइ पर्नेछ । शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ । संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मीन : दिन राम्रो छ । दैनिक काममा देखिएका समस्या समाधान हुँदै जानेछन् । स्वास्थ्य र शिक्षामा गरेको प्रयास सफल बन्नेछ । राजनीतिक क्षेत्रमा प्रगति हुनेछ । साथीको साथमा महत्त्वपूर्ण काम बन्नेछ ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ५ : ०९ बजे

खेतीयोग्य बारी बाझिँदै गएपछि बागलुङमा कोदो उत्पादन घट्यो

ढोरपाटन– खेतीयोग्य बारी बाझिँदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो

नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन् : अर्थमन्त्री खनाल

ललितपुर– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नागरिकलाई अधिकार सम्पन्न बनाउँदा सरकार कमजोर

अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले नेपालको अर्थतन्त्रको विकासमा

एमालेको निर्वाचन तालिका : तीन दिनमा सकिने महाधिवेशन थप तीन दिन लम्बिने निश्चित

काठमाडौं- नेकपा (एमाले) का ११औँ महाधिवेशनको बन्दसत्र अन्तर्गत निर्वाचन कार्यक्रम