निखिल र वर्षालाई लिएर फिल्म ‘कस्तुरी’ बन्ने, मंसिरबाट छायाङ्कन | Khabarhub Khabarhub

निखिल र वर्षालाई लिएर फिल्म ‘कस्तुरी’ बन्ने, मंसिरबाट छायाङ्कन


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक निखिल उप्रेती र नायिका वर्षा सिवाकोटीलाई शीर्ष भूमिकामा लिएर फिल्म ‘कस्तुरी’ निर्माण गरिने भएको छ ।

निर्माण पक्षले आइतबार फिल्म निर्माणको औपचारिक निर्माणको घोषणा गरेको हो ।

फिल्मको निर्देशन ऋत बोहोराले गर्ने भएका छन् । कथा पनि बोहोराले नै लेखेका हुन् । उनका अनुसार यो फिल्म सस्पेन्स थ्रिलर जनरामा बन्नेछ ।

फिल्मको कथा मनोवैज्ञानिक तनाव, हत्या, अपहरण र षड्यन्त्र जस्ता घटनामा आधारित रहेको उनको भनाइ छ ।

व्यवसायी धिरज अग्रवालले यो फिल्ममा लगानी गर्ने भएका हुन् । उनको यो डेब्यू फिल्म हो । टेन इन्टरटेन्मेन्टको ब्यानरमा यो फिल्म बन्ने बताइएको छ ।

फिल्ममा निशा अधिकारी, ब्रजेश खनाल, शेखर चपागाईं र निर्मल शर्मा पनि मुख्य भूमिकामा रहने बताइएको छ ।

निर्देशक बोहोराका अनुसार यो फिल्मको छायाङ्कन मंसिरदेखि सुरु हुनेछ । काठमाडौं र आसपासका क्षेत्रमा यसको छायाङ्कन हुने उनले बताए ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  १ : ४३ बजे

हङकङ सिक्सेसः यूएईविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा अहिले नेपालले यूएईसँग

हङकङ सिक्सेसः आज यूएईसँग भिड्दै नेपाल

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा आज नेपालले संयुक्त

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज आइतवारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल कात्तिक २३ गते आइतबार। मंसिर

आज २०८२ साल कात्तिक २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २३ गते आइतबार। मंसिर