धेरै टिकटक हेर्नुहुन्छ ? हुनसक्छन् यस्ता समस्या | Khabarhub Khabarhub

धेरै टिकटक हेर्नुहुन्छ ? हुनसक्छन् यस्ता समस्या


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टिकटक हेर्ने बानी मनोरञ्जनको सामान्य माध्यमजस्तो देखिए पनि यसको असर मस्तिष्कमा रक्सी र जुवाको लत सरह देखिएको एक नयाँ अध्ययनले पुष्टि गरेको छ ।

‘न्यूरोइमेज’ जर्नलमा प्रकाशित अनुसन्धानले देखाए अनुसार, रिल र टिकटक जस्ता छोटा भिडियोहरूले मस्तिष्कको कार्यशैलीमा गहिरो असर पार्छन् र ध्यान केन्द्रित गर्न असहज बनाउँछन् ।

शोधअनुसार, यस्ता भिडियोले मस्तिष्कको इनाम प्रणालीलाई अत्यधिक सक्रिय बनाउँछ, जुन मादक पदार्थ सेवन र जुवा खेल्दा पनि सक्रिय हुने देखिएको थियो ।

यस प्रणालीको अत्यधिक सक्रियताले डोपामाइनको उत्पादन बढाउँछ, जसले मानिसलाई तात्कालिक आनन्द त दिन्छ तर बिस्तारै नियन्त्रण गुमाउने, ध्यान भंग हुने, र सामान्य जीवनशैली निरस लाग्ने अवस्थासम्म पुर्‍याउँछ ।

राति अबेरसम्म टिकटक हेर्ने बानीले शरीरको सर्काडियन घडी अर्थात् प्राकृतिक सुत्ने चक्रमा अवरोध ल्याउँछ।

मोबाइलको निलो प्रकाशले मेलाटोनिन उत्पादनमा ढिलाइ गराउँछ, जसको परिणामस्वरूप निद्रामा कमी, स्मरणशक्ति कमजोर, र मूड स्विङ जस्ता समस्या देखिन सक्छन् ।

विशेषज्ञहरूले दिनको २५–३० मिनेटभन्दा बढी रिल नहेर्नु, सुत्नुभन्दा कम्तीमा आधा घण्टा अगाडि फोन बन्द गर्नु, नियमित व्यायाम, र परिवार तथा साथीहरूसँग समय बिताउनु जस्ता उपायहरू अपनाउन सुझाव दिएका छन्।

यसका साथै, स्क्रोलिङको सट्टा किताब पढ्ने, म्युजिक सुन्ने वा सिर्जनात्मक काममा लाग्नाले मस्तिष्कलाई सन्तुलनमा राख्न सकिने अध्ययनकर्ताहरूको भनाइ छ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  १ : ०९ बजे

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीनको मृत्यु

घोडाघोडी–  जिल्लाको लम्कीचुवा नगरपालिकाअन्तर्गत पर्ने धोबेनी खोलामा मलामी बोकेको ट्याक्टर

ओलीको स्पष्टीकरण : मैले जेन-जी आन्दोलनलाई बेठिक भनेको छैन

काठमाडौं- नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४

ओलीको प्रतिप्रश्न : सम्पादकज्यूहरूले आत्मआलोचना गर्नु भयो ?

काठमाडौं- नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली जेन-जी आन्दोलनपछि पहिलो पटक

फ्रान्सका पूर्वराष्ट्रपतिलाई जेल सजाय

पेरिस- फ्रान्सका पूर्वराष्ट्रपति निकोलास सारकोजीले सन् २००७ को राष्ट्रपतीय निर्वाचनको

सरकारले निर्वाचन सम्पन्न गर्न संयुक्त पेट्रोलिङ सुरु गर्ने

काठमाडौं– सरकारले शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न गर्न संयुक्त पेट्रोलिङ सुरु