‘परान’ ट्रेलर सार्वजनिक, लामो समयपछि नीर शाह शीर्ष भूमिकामा « Khabarhub

‘परान’ ट्रेलर सार्वजनिक, लामो समयपछि नीर शाह शीर्ष भूमिकामा


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कात्तिक १४ लाई प्रदर्शन मिति तोकिएको फिल्म ‘परान’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले न्युरोडस्थित एक हलमा शनिबार कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलरले फिल्मको शीर्ष भूमिकामा वरिष्ठ कलाकार नीर शाह रहेको स्पष्ट पारेको छ ।

ट्रेलरमा फिल्मका मुख्य कलाकारहरू मदकृष्ण श्रेष्ठ, नायकहरू प्रवीण खतिवडा, महेश त्रिपाठी, नायिकाहरू केकी अधिकारी, अञ्जना बराइली र पुजा चन्दलाई स्थान दिइएको छ ।

यो फिल्मले पारिवारिक कथा पस्कने ट्रेलरले बताउँछ । फिल्मका निर्देशक दीपक आर्चाय ‘काकु’का अनुसार जीवनको उत्तारार्धमा आफ्ना सन्ताको सामाीप्यता खोज्ने एक बुवाको संवेदनालाई ‘परान’मार्फत देखाउन खोजिएको छ ।

नीर शाह लामो समय पश्चात् ‘परान’मा शीर्ष भूमिकामा देखिन लागेका हुन् ।

टेलिसिरियलबाट चर्चामा आएका ‘काकु’ले यही फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन् । उनले यस फिल्मको कथा लेखेका हुन् भने पटकथा यम थापाले तयार परेका हुन् ।

व्यापारिक घरना गोल्छा समूहर र प्रिज्मा समूहको साझेदारीमा स्थापनमा भएको कम्पनी ‘बाएस्को सिनेमा प्रालि’ले यो फिल्म निर्माण गरेको हो ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  १ : ३७ बजे

चाडपर्वमा सडक अस्थायी रूपमा सञ्चालनयोग्य बनाउन आग्रह

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले बाढीपहिरोका

प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा छ वटा विधेयक प्रस्तुत गरिएको छ ।

पक्राउपछि दुर्गा प्रसाईँलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं– मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईँ फेरि पक्राउ परेका

इरानसँग तनाव बढेपछि तेलको मूल्य उकालो, विश्व बजारमा दबाब

न्युयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको सातदिने युद्धविराम

बागलुङका पहिरोपीडितलाई हेलिकप्टरबाट राहत पठाइँदै (तस्बिरहरू)

काठमाडौं– बागलुङमा पहिरोका कारण विस्थापितका लागि बागलुङ बजारबाट हेलिकप्टरमार्फत राहत