श्रृंखलाको बचाउमा ओलीले भने : उनी अर्बपतिकी छोरी होइनन्, ‘नेपो बेबी’ नचाहिने अभियान « Khabarhub

श्रृंखलाको बचाउमा ओलीले भने : उनी अर्बपतिकी छोरी होइनन्, ‘नेपो बेबी’ नचाहिने अभियान


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वमिस नेपाल श्रृंखला खतिवडाको बचाउ गरेका छन् ।

आइतबार सम्पादकहरूसँग संवादका क्रममा उनले नेकपा एकीकृत समाजवादी पार्टीका नेता विरोध खतिवडाकी पुत्री श्रृंखलाको बचाउ गरेका हुन्।

‘नेपो बेबी’का नाममा श्रृंखलाको सामाजिक सञ्जालमा बदनाम गर्नु गलत भएको उनले बताए । आफूलाई जेन-जीहरूको मागबारे प्रष्ट थाहा भए पनि ‘नेपो बेबी’ अभियानलाई बेठिक भनेका हुन् ।

‘के श्रृंखला खतिवडा अर्बपति-खर्बपतिकी छोरी हुन् ?’, उनले भनिन्, ‘के उनलाई हेलिकोप्टरबाट स्कुल पठाउने गरिएको थियो ?’

उनले ‘नेपो बेबी’ भन्दै श्रृंखलासहितका व्यक्तिका घरमा गएर आगो लगाइएकोमा पनि आपत्ति जनाएका छन् ।

‘अनेक अभियान चलाएर घरमा गएर आगो लगाइएको थियो’, उनले सम्पादकहरूलाई भने, ‘तपाईंहरूलाई यसरबारे बोल्न गाह्रो भएको थियो। मसँग मात्रै हिम्मतिलो भएर के गर्नु हुन्छ ?’

उनले ‘नेपो बेबी’ अभियानलाई कहिल्यै समर्थन नगर्ने बताए । ‘म यो ‘नेपो बेबी’ क्याम्पियनलाई समर्थन गर्दिनँ । आफ्ना छोराछोरीलाई जसले पनि माया गर्छ’, उनले भने, ‘नेपो बेबी’ नचाहिने अभियान हो ।’

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ३ : २५ बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

काठमाडौँ– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक

रासायनिक मलको विकल्पमा गड्यौले मल

वालिङ – कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा

पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौँ–  पाकिस्तान टी–२० टोलीका कप्तान साहिबजादा फरहानले तेस्रो संस्करणको नेपाल