गोपालमानको प्रस्ताव : राजसंस्थालाई पनि समेटेर सर्वपक्षीय संवाद गरौँ « Khabarhub

गोपालमानको प्रस्ताव : राजसंस्थालाई पनि समेटेर सर्वपक्षीय संवाद गरौँ


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसमा राजसंस्थालाई पनि समेटेर नयाँ विकल्पमा जानुपर्ने कुरा अघि सारिएको छ ।

नेता गोपालमान श्रेष्ठले निधेषको राजनीति त्यागेर सहकार्य, सह-अस्तित्व र संवादमार्फत अगाडि बढ्नुपर्ने आवश्यकतासहित राजसंस्थाला स्पेस दिनुपर्ने कुरा ल्याएका हुन् ।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले राजसंस्थालगायत परम्परागत शक्ति, राजनीतिक दल र जेन–जी आन्दोलनकारीलाई समेटेर सर्वपक्षीय संवाद आवश्यक रहेको बताए ।

‘राजसंस्थालगायत परम्परागत शक्ति, राजनीतिक दलहरू, जेन–जी आन्दोलनमा फरक मत राख्ने सबै शक्तिलाई समेटेर सर्वपक्षीय संवादको आवश्यकता छ’, उनले भने, ‘यो अत्यन्त आवश्यक रहेको विषय हो ।’

राष्ट्रियता, सार्वभौमसत्ता कायम राख्दै आन्तरिक र बाह्य हस्तक्षेपबाट मुक्त रहन सर्वपक्षीय भेला गरेर समाधान निकाल्न ढिला गर्न नहुने उनले बताए । ‘अब हामीले ढिला गर्यौं भने समयले पर्खिँदैन । अब हामीले द्रूत गतिले यसबारे सोच्नुपर्छ,’ उनले भने ।

आफू बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको अनुयायी रहेको बताउँदै उनले दलभन्दा माथि उठ्न चाहेको पनि बताए ।

राष्ट्रिय एकता र सर्वपक्षीय भेलाको आयोजनामा सक्रिय रुपमा लागि पर्न र नेतृत्वदायी भूमिका निर्वाह गर्न उनले आग्रह गरे ।

अहिले दलहरूलाई गैरसरकारी संस्थामार्फत् विस्थापित गर्ने र निषेधको नीति अपनाउने प्रपञ्च भइरहेको उनले बताए ।

‘अहिले दलहरूमाथि निषेधको नीति अपनाइएको छ । लोकतन्त्रको नाममा दललाई एनजीओद्वारा विस्थापित गर्ने प्रपञ्चको शिकार हामी बनेका छौँ’, उनले भने, ‘यसले लोकतन्त्र, राष्ट्रियता र सार्वभौमसत्तामा खतरा उत्पन्न गरिरहेको छ ।’

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ५ : ३९ बजे

सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले