नक्खु कारागारबाट फरार कैदी सङ्खुवासभामा पक्राउ « Khabarhub

नक्खु कारागारबाट फरार कैदी सङ्खुवासभामा पक्राउ


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

खाँदबारी– जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई ललितपुरस्थित नक्खु कारागारमा कैद भोगिरहेका सङ्खुवासभाको खाँदबारी नगरपालिका–८ का २७ वर्षीय विशाल विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

गत भदौ २३ र २४ गते देशव्यापी रूपमा भएको जेन-जी आन्दोलनका क्रममा विश्वकर्मा नक्खु कारागारबाट फरार भएका थिए ।

फरारपछि उनी निरन्तर लुकीछिपी बस्दै आएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आज उनलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक मैनालीका अनुसार विश्वकर्मालाई खाँदबारी बजार क्षेत्र नजिकबाट  पक्राउ गरिएको हो । प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।

 फरार कैदीलाई पक्राउ गरी कानुनी कारबाहीका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ । कारागार प्रशासनसँग समन्वय गरी विश्वकर्मालाई पुनः नक्खु कारागार पठाइने उनले जानकारी दिए ।
 

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ६ : १७ बजे

अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन शनिबार धादिङबेँसीमा हुँदै

धादिङ– विश्वका विभिन्न मुलुकमा रहेका धादिङवासीलाई एकताबद्ध गर्दै आपसी सहकार्य,

प्रधानमन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु

गृशमन्त्रीसामु महानिरीक्षक कार्कीले भने- नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरी जस्तोसुकै कठिन

राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति दिइँदैन : मन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले राज्यका संवेदनशील सूचना चुहाउनेलाई उन्मुक्ति नदिइने

प्रहरी निरीक्षक सिंहसहित २३ प्रहरी कर्मचारी पुरस्कृत

हुम्ला– नेपाल प्रहरीको ७१औँ स्थापना दिवसको अवसरमा प्रहरी निरीक्षक जंगबहादुर