‘समस्या समाधान गर्न राजसंस्थालगायत सबै शक्तिबीच सर्वपक्षीय संवाद आवश्यक’ « Khabarhub

‘समस्या समाधान गर्न राजसंस्थालगायत सबै शक्तिबीच सर्वपक्षीय संवाद आवश्यक’


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले राष्ट्रको समस्या समाधान गर्न राजसंस्था लगायत सबै शक्तिबीच सर्वपक्षीय संवाद आवश्यक रहेको बताएका छन् । 

आइतबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै उनले राष्ट्रको समस्या समाधान दलहरुभित्रैबाट गर्नुपर्ने त्यसका लागि राजसंस्था लगायत, परम्परागत शक्ति, राजनीतिक दलहरू, जेन-जी आन्दोलन र फरक मत राख्ने सबै शक्तिहरूलाई समेटेर सर्वपक्षीय संवाद आवश्यक रहेको बताएका हुन् ।

लोकतन्त्रमा फरक मत अपरिहार्य रहेकाले त्यसलाई स्वीकार गर्ने साहस सबैले देखाउनुपर्ने उनले बताए ।

श्रेष्ठले जेन-जी आन्दोलनले उठाएका मागहरूलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए। उनले राष्ट्र हित, सार्वभौमसत्ता र राष्ट्रिय चाहनालाई सर्वोपरि राख्दै आन्तरिक संकटको समाधानमा बाह्य हस्तक्षेपमुक्त रहन सर्वपक्षीय भेला गरेर समाधान निकाल्न ढिलाइ गर्न नहुने धारणा राखे ।

सर्वपक्षीय भेलाको प्रक्रियामा आफूले सक्रिय समन्वयकारी भूमिका खेल्न तयार रहेको उनले बताए  । त्यस्तै उनले नेपालको राष्ट्रिय आवश्यकता र कांग्रेसकोका अधिवेशनको कार्यदेशलाई सन्तुलन हुने गरी पार्टीका सबैसँग छलफल गरेर महाधिवेशनको उपयुक्त मिति तय गर्न समेत आग्रह गरे । 

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ६ : २३ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको