‘समस्या समाधान गर्न राजसंस्थालगायत सबै शक्तिबीच सर्वपक्षीय संवाद आवश्यक’ « Khabarhub

‘समस्या समाधान गर्न राजसंस्थालगायत सबै शक्तिबीच सर्वपक्षीय संवाद आवश्यक’


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले राष्ट्रको समस्या समाधान गर्न राजसंस्था लगायत सबै शक्तिबीच सर्वपक्षीय संवाद आवश्यक रहेको बताएका छन् । 

आइतबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै उनले राष्ट्रको समस्या समाधान दलहरुभित्रैबाट गर्नुपर्ने त्यसका लागि राजसंस्था लगायत, परम्परागत शक्ति, राजनीतिक दलहरू, जेन-जी आन्दोलन र फरक मत राख्ने सबै शक्तिहरूलाई समेटेर सर्वपक्षीय संवाद आवश्यक रहेको बताएका हुन् ।

लोकतन्त्रमा फरक मत अपरिहार्य रहेकाले त्यसलाई स्वीकार गर्ने साहस सबैले देखाउनुपर्ने उनले बताए ।

श्रेष्ठले जेन-जी आन्दोलनले उठाएका मागहरूलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए। उनले राष्ट्र हित, सार्वभौमसत्ता र राष्ट्रिय चाहनालाई सर्वोपरि राख्दै आन्तरिक संकटको समाधानमा बाह्य हस्तक्षेपमुक्त रहन सर्वपक्षीय भेला गरेर समाधान निकाल्न ढिलाइ गर्न नहुने धारणा राखे ।

सर्वपक्षीय भेलाको प्रक्रियामा आफूले सक्रिय समन्वयकारी भूमिका खेल्न तयार रहेको उनले बताए  । त्यस्तै उनले नेपालको राष्ट्रिय आवश्यकता र कांग्रेसकोका अधिवेशनको कार्यदेशलाई सन्तुलन हुने गरी पार्टीका सबैसँग छलफल गरेर महाधिवेशनको उपयुक्त मिति तय गर्न समेत आग्रह गरे । 

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ६ : २३ बजे

कृषिमन्त्रीको सम्पत्ति : माइतीले दिएका दुई बाख्रा र १० वटा कुखुरा, अरु कति ?

काठमाडौँ – प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

आज २०८२ साल चैत ३० गते सोमबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत ३० गते सोमबार वैशाख

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा