रोलेक्स घडी देखाउँदै मन्त्री पुनले भनेः धन्न झोलामा राखेर बचिएछ « Khabarhub

रोलेक्स घडी देखाउँदै मन्त्री पुनले भनेः धन्न झोलामा राखेर बचिएछ


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


768
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संचारमन्त्री जगदीश खरेलको घडीबारे चर्चा भइरहेकै बेला शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पनि आफ्नो घडीको बारेमा सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । ताप्लेजुङ भ्रमणका क्रममा उपहारस्वरूप पाएको रोलेक्स घडी उनले आइतबार साँझ सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै रमाइलो शैलीमा अनुभव बाँडेका छन्।

फेसबुकमा उनले लेखेका छन्, ‘यो रोलेक्स घडी अस्ती भर्खरै ताप्लेजुङ जिल्लामा किताब बेच्दै जाँदा सुकेटार निवासी एक जना वृद्ध दम्पतीले फुङलिङ बजारमा मैले लिन नमान्दा पनि जबरजस्ती दिनुभयो। मैले लगाएर हिँडेको भए त बर्वादै हुने रहेछ नि। धन्न झोलामा राखेर बचिएछ।’

उनले उक्त घडी तुरुत्त नबेच्ने पनि जानकारी दिएका छन् । उनी लेख्छन्, ‘तीन वर्षपहिला पनि युकेमा बस्ने एक जना साथीले रोलेक्स घडी दिएका थिए। त्यसलाई मैले फेसबुकमै राखेर बेचिदिएको थिएँ। तर यो अहिलेको घडी तुरुन्तै बेच्दिनँ। गाह्रो छ हौ म भट्भटे मन्त्रीलाई।’

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ८ : ३९ बजे

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको

टिकट नपाए पनि विचलित छैन : झपट रावल

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य झपट बहादुर रावलले पार्टीको

प्रतिनिधिसभा निर्वाचन : गोकुल बाँस्कोटालाई ओलीले दिएनन् टिकट

काठमाडौँ – नेकपा एमालेकोे आन्तरिक विवाद चर्किँदो छ । पार्टीको

रुख चुनाव चिन्हबाहेक अन्यथा कल्पना गर्न सक्दिनँ : पूर्णबहादुर खड्का

काठमाडौँ – नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रुख

ताप्लेजुङमा एमालेले क्षितिज थेबेलाई उम्मेदवार बनाउने

काठमाडौं – नेकपा एमालेले ताप्लेजुङमा युवा नेता क्षितिज थेबेलाई उम्मेदवार