काभ्रेमा तिहारभर टिपर सञ्चालनमा रोक « Khabarhub

काभ्रेमा तिहारभर टिपर सञ्चालनमा रोक


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – जिल्ला प्रशासन कार्यालयले तिहारभर जिल्लामा मालवाहक सवारीको साधन टिपर सञ्चालनमा रोक लगाएको छ । जिल्ला सुरक्षा समितिको आजको निर्णयअनुसार जिल्लामा टिपर सञ्चालनमा रोक लगाएको जनाइएको छ ।

समितिका अनुसार तिहार पर्वअन्तर्गत यही कात्तिक ३ गते बिहान ५ देखि ७ गते बिहान ७ बजेसम्म जिल्लाभर मालवाहक सवारीको साधन टिपर सञ्चालनमा रोक लगाएको हो । तिहारमा अन्य साधनका यात्रु तथा सर्वसाधारणको जीवन सुरक्षा, सडक दुर्घटना न्यूनीकरण र सहज आवागमन सुनिश्चित गर्न टिपर सञ्चालन रोक लगाइएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए ।

उनका अनुसार यस अवधिभर टिपर सञ्चालन गरी सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को उल्लङ्घन गरेको पाइएमा कानुनबमोजिम कडा कारबाही गरिने छ । अत्यावश्यक सेवाका लागि प्रयोग हुने सवारीसाधनलाई भने यो नियम लागू नहुने जनाइएको छ ।

काभ्रेपलाञ्चोकस्थित तीन राजमार्ग अरनिको, बिपी र हेलम्बु तथा पनौती–बनेपा सडकखण्डबाट दैनिक करिब दुई हजार ५०० टिपर सङ्घीय राजधानी काठमाडौं लगायतका स्थान आवतजावत गर्छन् । स्थानीय प्रशासनले दुई वर्षदेखि सर्वसाधारणको जीवन सुरक्षा, सडक दुर्घटना न्यूनीकरण र सहज आवागमनका लागि राति मात्रै सञ्चालन गर्न अनुमति दिँदै आएको थियो ।

यसैगरी समितिले देउसी–भैलोलगायतका सांस्कृतिक कार्यक्रम मर्यादित, अनुशासित एवं व्यवस्थित ढङ्गले गर्न गराउन अनुरोध गर्दै राति ९ः३० बजेसम्म मात्र सञ्चालन गर्न आग्रह गरेको छ ।

साथै चाडपर्वको यस अवसरमा शान्तिसुरक्षामा असर पर्नेगरी सार्वजनिक स्थानमा हो–हल्ला एवं झैझगडा गर्ने, मादक पदार्थ सेवन गरी पारिवारिक, सामाजिक तथा सार्वजनिक मर्यादा र शान्तिमा खलल गर्ने, कानुनविपरीत जुवातास, लङ्गुरबुर्जा खेल्ने–खेलाउने भुइँचम्पा, पटका, आतसबाजीजस्ता विपद् निम्त्याउने तथा वातावरण प्रदूषण हुने विस्फोटक एवं प्रज्वलनशील पदार्थको प्रयोग, ओसारपसार तथा बिक्रीबितरण गर्ने कार्य नगर्न÷नगराउनसमेत समितिले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ९ : ११ बजे

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका