पुराना गाडीलाई विद्युतीय रुपान्तरणका लागि अनुमति दिने तयारीमा सरकार « Khabarhub

पुराना गाडीलाई विद्युतीय रुपान्तरणका लागि अनुमति दिने तयारीमा सरकार


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपालमा रहेका पुराना पेट्रोल–डिजेल गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गर्न अनुमति दिने तयारी भएको बताएका छन् ।

इन्जिनियर र टेक्निसियनले धेरै वर्षदेखि यस्तो प्रयास गर्दै आए पनि कानुनी प्रक्रियाले अनुमति नदिँदा काम अघि बढ्न सकेको भन्दै उनले अब मन्त्रालयले त्यसका लागि काम गरिरहेको बताएका हुन् ।

पुनले पुराना गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्न सकिने प्राविधिक क्षमता नेपालमै भएकाले सरकारले अब यसका लागि स्पष्ट नियम बनाएर अगाडि बढ्ने प्रष्ट पारेका छन् ।

सामाजिक सञ्जालमा पुनले लेखेका छन्, ‘यसअघि लोभी–पापीहरूले अनेकौँ नियम कानुन देखाएर कसैलाई त्यस्तो गर्न अनुमति दिएका थिएनन्। अब नेपाल सरकार यातायात मन्त्रालयले सो कामको लागि अनुमति दिने व्यवस्था गर्छ।’

मन्त्री पुनले यस्तो रूपान्तरणले वातावरणमैत्री यातायात प्रवर्द्धन हुने र इन्धनमा हुने खर्च घट्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  १० : ०४ बजे

काठमाडौं महानगरः पहिलो चौमासिकमा गएको वर्षभन्दा पाँच करोड ६५ लाख बढी राजस्व संकलन

काठमाडौं – चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा काठमाडौँ महानगरपालिकाले तीन

पाशुपत क्षेत्रमा शतबीज छरियो (तस्बिरहरू)

काठमाडौं– मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज पितृमोक्षको कामनाका साथ पाशुपत

प्रि ओपन सेसन : नेप्सेमा करिब ५ अंकको वृद्धि

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

बागमती प्रदेशमा पुँजीगत खर्च निराशाजनक

बागमती– बागमती प्रदेशको पुँजीगत खर्चमा उल्लेखनीय वृद्धि हुन सकेको छैन

तनहुँको बुल्दीखोलामा पक्की पुल निर्माण गरिँदै

तनहुँ– व्यास नगरपालिका–३ देउरालीनगर र व्यास–१ को भादगाउँ जोड्न बुल्दीखोलामा