पुराना गाडीलाई विद्युतीय रुपान्तरणका लागि अनुमति दिने तयारीमा सरकार « Khabarhub

पुराना गाडीलाई विद्युतीय रुपान्तरणका लागि अनुमति दिने तयारीमा सरकार


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपालमा रहेका पुराना पेट्रोल–डिजेल गाडीलाई विद्युतीय गाडीमा रूपान्तरण गर्न अनुमति दिने तयारी भएको बताएका छन् ।

इन्जिनियर र टेक्निसियनले धेरै वर्षदेखि यस्तो प्रयास गर्दै आए पनि कानुनी प्रक्रियाले अनुमति नदिँदा काम अघि बढ्न सकेको भन्दै उनले अब मन्त्रालयले त्यसका लागि काम गरिरहेको बताएका हुन् ।

पुनले पुराना गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्न सकिने प्राविधिक क्षमता नेपालमै भएकाले सरकारले अब यसका लागि स्पष्ट नियम बनाएर अगाडि बढ्ने प्रष्ट पारेका छन् ।

सामाजिक सञ्जालमा पुनले लेखेका छन्, ‘यसअघि लोभी–पापीहरूले अनेकौँ नियम कानुन देखाएर कसैलाई त्यस्तो गर्न अनुमति दिएका थिएनन्। अब नेपाल सरकार यातायात मन्त्रालयले सो कामको लागि अनुमति दिने व्यवस्था गर्छ।’

मन्त्री पुनले यस्तो रूपान्तरणले वातावरणमैत्री यातायात प्रवर्द्धन हुने र इन्धनमा हुने खर्च घट्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  १० : ०४ बजे

काभ्रेमा पक्की पुलका सात नयाँ योजना, १२ निर्माणाधीन

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया

लक्ष्य हासिल गर्न सक्ने गरी मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना बनाउनुपर्ने

काठमाडौं – मनुसन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्दिष्ट लक्ष्य

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौं – सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै

ट्रम्पको चेतावनीपछि इजरायलले गर्‍यो इरानी ग्यास उद्योग परिसरमा आक्रमण

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलमार्ग स्वतन्त्र आवागमनका

आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वार्णिम वाग्लेले आगामी जेठ १५ मा