साउदी राजकुमारको सम्मानमा ह्वाइट हाउसमा ट्रम्पद्वारा भव्य रात्रिभोज « Khabarhub

साउदी राजकुमारको सम्मानमा ह्वाइट हाउसमा ट्रम्पद्वारा भव्य रात्रिभोज


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानको सम्मानमा आयोजित भव्य रात्रिभोजमा फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डो र उद्योगपति एलन मस्क पनि उपस्थित रहेका छन् । 

अमेरिका भ्रमणमा रहेका साउदी राजकुमारका लागि ह्वाइट हाउसमा गरिएको उक्त रात्रिभोज चर्चित व्यक्तित्वहरूको उपस्थितिका कारण झनै ध्यानाकर्षक बन्यो ।

साउदी क्लब अल नासर का लागि खेल्दै आएका र जो धेरैजना वरिष्ठ खेलाडीहरूसँगै साउदी अरबको आकर्षक प्रस्तावका कारण त्यहाँ पुगेका रोनाल्डोको सम्झौता यसै गर्मीमा समाप्त हुँदैछ । ४० वर्षीय रोनाल्डो राष्ट्रपति र साउदी क्राउन प्रिन्स प्रवेश गर्नु केही क्षणअघि नै ट्रम्पको टेबल नजिकै आफ्नो सीटमा बसेको देखिन्थ्यो ।

राष्ट्रपति ट्रम्पले रात्रिभोजको भाषणमा भने, “तपाईंहरूलाई थाहा छ, मेरा छोरा ब्यारन रोनाल्डोका ठूला प्रशंसक हुन् ।” १९ वर्षीय ब्यारनले दिग्गज खेलाडीलाई भेट्न पाउँदा निकै उत्साहित भएको राष्ट्रपति ट्रम्पले बताए । उनले हाँस्दै थपे, “मलाई लाग्छ, अब उसले आफ्नो बुबालाई अलिक बढी सम्मान गर्छ, किनकि मैले उसलाई जसको परिचय गराएँ, त्यो कारणले ।”

रात्रिभोजमा उपस्थित खेल सम्बन्धित अर्को प्रमुख व्यक्तित्व थिए —फिफाका अध्यक्ष जियानी इन्फान्टिनो । इन्फान्टिनो सन् २०२६ को विश्वकप (संयुक्त राज्य अमेरिकासहितका राष्ट्रहरूले सह–आयोजना गर्ने) को तयारीकै क्रममा पुनः ह्वाइट हाउस पुगेका हुन् । रोनाल्डोले आइतबार पोर्चुगलले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेसँगै आगामी प्रतियोगिता ‘निश्चित रूपमा आफ्नो अन्तिम’ हुने बताएका छन् ।

समारोहमा कालो–टाई पोशाकमा उपस्थित एलन मस्क पनि निकै चर्चा बटुल्ने पाहुना थिए । उनी र राष्ट्रपति ट्रम्पबीच गत जुलाईमा सार्वजनिक रूपमा मतभेद बढेपछि सम्बन्ध चिसिएको थियो । 

मस्कले सरकारी दक्षता विभाग (डिओजिई) अन्तर्गत लागत कटौती विभाग प्रमुखका रूपमा पाँच महिना काम गरेका थिए  । साथै उनी गत मे महिनामा साउदी अरब भ्रमणमा पनि राष्ट्रपति ट्रम्पसँगै सहभागी भएका थिए  । 

तर ट्रम्पको ‘ठूलो र सुन्दर’ (बिग ब्युटिफुल) खर्च विधेयकको मस्कले गरेको आलोचना तथा एपस्टेनसम्बन्धी फाइलका विषयमा टिप्पणीपछि दुवैबीच सम्बन्ध चिसिएको थियो । त्यतिबेला राष्ट्रपति ट्रम्पले मस्कलाई देशनिकाला गर्ने धम्कीसमेत दिएका थिए ।

यद्यपि, उक्त रात्रिभोजमा टक्सेडोधारी मस्कलाई अन्य पाहुनाहरू सँगै क्यान्डललिट टेबलमा सहज रूपमा कुराकानी गरिरहेको देखिन्थ्यो, यद्यपि उनी राष्ट्रपति ट्रम्पको टेबलमा थिए ।

रात्रिभोजका क्रममा राष्ट्रपति ट्रम्पले सन् २०१८ मा असन्तुष्ट पत्रकार जमाल खशोग्जीको हत्या सम्बन्धी विवादमा साउदी क्राउन प्रिन्सको पक्षसमेत लिए । उनले राजकुमार मोहम्मद बिन सलमानलाई ‘नेतृत्वको व्यक्तित्व’ भन्दै प्रशंसा गरे  । रासस

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  १२ : २२ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल