आज विश्व शौचालय दिवस  « Khabarhub

आज विश्व शौचालय दिवस 


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज विश्व शौचालय दिवस स्यानिटेसन इन अ चेन्जिङ वरल्ड (बदलिँदो संसारमा सरसफाई)भन्ने नाराका साथ मनाइँदैछ । 

सुरक्षित र पर्याप्त खानेपानीको उपलब्धता, खुला दिसापिसाब गर्ने बानी हटाउनुपर्ने साथै दिगो र स्वच्छ सरसफाइ सेवाको विस्तारमा जोड दिएर दिवस मनाउन लागिएको हो । 

औपचारिकरूपमा सन् २०१३ देखि मनाउन थालिएको शौचालय दिवसको मुख्य उद्देश्य सबैका लागि पहुँचयोग्य सुरक्षित शौचालयमा जोड रहेको छ । साथै पानीको गुणस्तर सुधार, जलस्रोतको दिगो व्यवस्थापन र पानी तथा सरसफाइमा अन्तर्राष्ट्रिय सहकार्य तथा क्षमता अभिवृद्धि गर्नु पनि यसको उद्देश्य हो ।

राष्ट्रसङ्घले सबैका लागि पानी र सरसफाइ हासिल गर्ने लक्ष्यलाई सशक्त रूपमा उठाउने दिनका रूपमा यो दिवसको उपयोग हुनुपर्नेमा जोड दिएको छ । तीन अर्ब ४० करोड मानिस अझै सुरक्षित रूपमा व्यवस्थित सरसफाइ सेवाबाट वञ्चित भएका तथा ३५ करोड ४० लाख मानिस अझै खुला स्थानमा दिसापिसाब गर्न बाध्य भएका राष्ट्रसङ्घले जनाएको छ ।

महिला र बालिकालाई विभिन्न जोखिमबाट जोगाउन शौचालयको सुनिश्चितता अपरिहार्य रहेको छ । विश्वव्यापी रूपमा सरसफाइका मुद्दामा क्रियाशील हुन विश्व संस्थाले आह्वान गर्दै आएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  १२ : २४ बजे

मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ

काठमाडौं– ट्राफिक प्रहरीले मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको

खरिद कोटा कम हुँदा किसानलाई खाद्यमा धान बेच्न समस्या

कञ्चनपुर– सरकारले तोकेको न्यून कोटाका कारण किसानहरूले खाद्य व्यवस्था तथा

बुद्धशान्तिमा प्रदेश र पालिकाको साझेदारीमा शीतभण्डार

झापा– बुद्धशान्ति गाउँपालिकाले कृषिउपजको भण्डारणका लागि २० टन क्षमताको शीतभण्डार

गाजामा २१९ उपचार केन्द्र सञ्चालन, राहत तथा खोप अभियान द्रुतगतिमा

एजेन्सी– गाजामा हालैको अविरल वर्षा र जाडो मौसमलाई ध्यानमा राख्दै

तेम्बा बजारमा आगलागी : एक करोड १८ लाखभन्दा बढी क्षति

फुङ्लिङ– ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा रु एक करोड १८