आज विश्व शौचालय दिवस  « Khabarhub

आज विश्व शौचालय दिवस 


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज विश्व शौचालय दिवस स्यानिटेसन इन अ चेन्जिङ वरल्ड (बदलिँदो संसारमा सरसफाई)भन्ने नाराका साथ मनाइँदैछ । 

सुरक्षित र पर्याप्त खानेपानीको उपलब्धता, खुला दिसापिसाब गर्ने बानी हटाउनुपर्ने साथै दिगो र स्वच्छ सरसफाइ सेवाको विस्तारमा जोड दिएर दिवस मनाउन लागिएको हो । 

औपचारिकरूपमा सन् २०१३ देखि मनाउन थालिएको शौचालय दिवसको मुख्य उद्देश्य सबैका लागि पहुँचयोग्य सुरक्षित शौचालयमा जोड रहेको छ । साथै पानीको गुणस्तर सुधार, जलस्रोतको दिगो व्यवस्थापन र पानी तथा सरसफाइमा अन्तर्राष्ट्रिय सहकार्य तथा क्षमता अभिवृद्धि गर्नु पनि यसको उद्देश्य हो ।

राष्ट्रसङ्घले सबैका लागि पानी र सरसफाइ हासिल गर्ने लक्ष्यलाई सशक्त रूपमा उठाउने दिनका रूपमा यो दिवसको उपयोग हुनुपर्नेमा जोड दिएको छ । तीन अर्ब ४० करोड मानिस अझै सुरक्षित रूपमा व्यवस्थित सरसफाइ सेवाबाट वञ्चित भएका तथा ३५ करोड ४० लाख मानिस अझै खुला स्थानमा दिसापिसाब गर्न बाध्य भएका राष्ट्रसङ्घले जनाएको छ ।

महिला र बालिकालाई विभिन्न जोखिमबाट जोगाउन शौचालयको सुनिश्चितता अपरिहार्य रहेको छ । विश्वव्यापी रूपमा सरसफाइका मुद्दामा क्रियाशील हुन विश्व संस्थाले आह्वान गर्दै आएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  १२ : २४ बजे

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग