बुद्धशान्तिमा प्रदेश र पालिकाको साझेदारीमा शीतभण्डार « Khabarhub

बुद्धशान्तिमा प्रदेश र पालिकाको साझेदारीमा शीतभण्डार


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

झापा– बुद्धशान्ति गाउँपालिकाले कृषिउपजको भण्डारणका लागि २० टन क्षमताको शीतभण्डार निर्माण प्रक्रिया अघि बढाएको छ । 

बुद्धशान्ति–४ को टिमाइस्थित सब्जीमण्डीमा २२ लाख लागतमा शीतभण्डार बनाउने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले बताए। बुद्धशान्तिमा व्यावसायिक रूपमा तरकारी उत्पादन गर्ने किसानको सङ्ख्या बढी भएकाले शीतभण्डार निर्माणको तयारी थालिएको उनको भनाइ छ ।

शीतभण्डारका लागि पालिकाले बजेट सुनिश्चित गरेर स्थानको छनोट गरिसकेको अध्यक्ष प्रसाईंले जानकारी दिए । 

“शीतभण्डार निर्माण भएपछि किसानले उत्पादन गरेका कृषिजन्य सामग्री भण्डारण गरेर उचित मूल्यमा बेच्न सक्नेछन्”, उनले भने, “धेरै पहिलेदेखि किसानले माग गरेकामा अब पूरा हुने भएको छ ।” 

यहाँको शीतभण्डारबाट छिमेकी रोङ गाउँपालिका र मेचीनगर नगरपालिकाका किसानहरू पनि लाभान्वित हुनेछन् । शीतभण्डारसहितको आधुनिक कृषिमण्डी निर्माणमा रु ६२ लाख खर्च लाग्ने भएको अध्यक्ष प्रसाईंले जनाउँदै जसका लागि कोशी प्रदेश सरकारले ६० प्रतिशत र गाउँपालिकाले ४० प्रतिशत लागत साझेदारी गर्ने उल्लेख गरे। 

चालु आर्थिक वर्षमा उक्त शीतभण्डार निर्माणका लागि प्रदेश र पालिकाले आवश्यक बजेट विनियोजन गरिसकेका छन् । बुद्धशान्ति–४ मा शीतभण्डार र वडा नं ३ मा कृषिमण्डी निर्माण गरिने छ ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  १ : ३३ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी