हिमपात र शीतलहरबाट बच्न गृहले थाल्यो पूर्व तयारी  « Khabarhub

हिमपात र शीतलहरबाट बच्न गृहले थाल्यो पूर्व तयारी 


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले शीतलहर र हिमपात पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्य योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।  

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार सिंहदरबारमा आयोजना गरेको कार्य योजना सम्बन्धी छलफल कार्यक्रममा गृहमन्त्री अर्यालले शीतलहर र हिमपातबाट नागरिकहरूलाई जोगाउनका लागि राष्ट्रिय कार्य योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

मानवजीवन र सम्पत्तिको सुरक्षा सबैको उत्तरदायित्व भएकाले कार्य योजना कार्यान्वयनमा तीन तहका सरकार, गैरसरकारी संघसंस्था, निजी क्षेत्र लगायत सबैबीच समन्वय हुनुपर्ने उनले बताए ।

उनले शीतलहर र हिमपात पूर्वतयारीका लागि समयमा नै पूर्व सूचनाको पहुँच पुराउँदै प्रारम्भिक चेतावनी, सुरक्षित आश्रय र राहत तथा उद्धारको नेतृत्व गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

प्राधिकरणले मंसिर १५ गतेभित्र शीतलहर र हिमपात हुने क्षेत्र तथा लक्षित वर्गको पहिचान गरी तथ्याङ्क अद्यावधिक एवं लाभग्राहीको प्राथमिकता निर्धारण गर्ने कार्य योजना बनाएको छ ।

शीतलहर र हिमपात सुरु हुनु अघि नै विपद् प्रतिकार्यका लागि अनुमान अनुसार पूर्वतयारी तथा पूर्वकार्य गरी क्षति न्यूनीकरण गर्ने, शीतलहर र हिमपात अघि र पछि उद्धार तथा राहत वितरण सम्बन्धी कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउने प्राधिकरणको कार्य योजना रहेको छ । 

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  २ : ०९ बजे

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल

‘जेन-जीका नाममा मलाई ग्यास च्याम्बरमा हालेजस्तै जलाएर मार्न खोजियो’

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनाको