चीनद्वारा तीन नयाँ उपग्रह अन्तरिक्षमा प्रक्षेपण « Khabarhub

चीनद्वारा तीन नयाँ उपग्रह अन्तरिक्षमा प्रक्षेपण


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चीनले बुधबार ‘लङ मार्च–२सी’ बोक्ने रकेट प्रयोग गरेर तीन नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ ।

रकेट चीनको उत्तरपश्चिमस्थित जिउछुआन उपग्रह प्रक्षेपण केन्द्रबाट स्थानीय समय अनुसार दिउँसो १२ः०१ बजे उडान भरिएको थियो । यसले शिजियान–३०ए, शिजियान–३०बी र शिजियान–३०सी नामक उपग्रहहरू निर्धारित कक्षमा पुर्‍याएको छ ।

शिजियान–३०ए, शिजियान–३०बी र शिजियान–३० सी चीनद्वारा प्रक्षेपित प्रायोगिक उपग्रहहरूको समूह हो, जसको मुख्य उद्देश्य अन्तरिक्ष वातावरणको निगरानी, वैज्ञानिक अध्ययन तथा नयाँ प्रविधिको परीक्षण–प्रमाणीकरण गर्नु हो । यी तीनै उपग्रहहरू समन्वित रूपमा काम गर्ने गरी डिजाइन गरिएको छ ।

यी उपग्रहहरू मुख्यतः अन्तरिक्ष वातावरण अनुसन्धान र सम्बन्धित प्रविधि परीक्षणका लागि प्रयोग गरिने बताइएको छ । यो उडान लङ मार्च शृङ्खलाको ६०८औँ प्रक्षेपण मिसन हो ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  २ : ४० बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल