युक्रेनमा रूसी आक्रमण, नौ जनाको मृत्यु « Khabarhub

युक्रेनमा रूसी आक्रमण, नौ जनाको मृत्यु


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पश्चिमी युक्रेनको टेर्नोपिलमा भएको रूसी आक्रमणमा नौ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको अधिकारीहरूले बुधबार बताएका छन् ।

‘टेर्नोपिलको आवासीय भवनहरूमा प्रहार हुँदा दर्जनौँ मानिसहरू घाइते हुनुका साथै उनीहरूको मृत्यु भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल मार्फत जनाएका हुन्  । 

उनले आक्रमणको पुष्टि हुने गरी धुवाँले घेरिएका  क्षतिग्रस्त भवनहरूको फोटो तथा भिडियो प्रकाशित गरेका थिए । ‘मानिसहरू भग्नावशेषमुनि फसेका हुन सक्ने समेत उनले उल्लेख गरेका छन् ।’  

मस्कोले पछिल्लो समयमा युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै दैनिक ड्रोन र मिसाइल ब्यारेजहरूले तीव्र आक्रमण गरिरहेको छ । पछिल्लो आक्रमणको लहरमा रूसले ४७० भन्दा बढी स्ट्राइक ड्रोन र विभिन्न प्रकारका ४८ वटा मिसाइल प्रक्षेपण गरेको जेलेन्स्कीले बताएका छन् । 

आक्रमणले उत्तरपूर्वी क्षेत्र खार्किव र पश्चिमी क्षेत्र इभानो–फ्रान्किभस्कमा मानिसहरूलाई घाइते बनाएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  २ : ५६ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको