मेरो नाम जोडिँदा पसलमा आगो लगाइयो : शान्ता चौधरी  « Khabarhub

मेरो नाम जोडिँदा पसलमा आगो लगाइयो : शान्ता चौधरी 


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमाले नेतृ शान्ता चौधरीले सुर्खेतको वीरेन्द्रनगरस्थित अचार पसल अर्काको पसलबाट आगो सल्किएर नभएर एमाले नेताको व्यवसायमा नियोजित ढंगले आगो लगाएको बताएकी छिन् ।
 
खबरहबसँग कुरा गर्दै उनले भनिन्, ‘उक्त पसल मेरो होइन, अर्को एक बैनीको हो । तर अचार मेरो हो । शान्ताको अचार बेच्न उनले पसल खोलेकी हुन् । उद्घाटनमा म आफै गएको थिएँ । मेरो नामको कारणले पसलमा आगो लगाइयो । व्यवसाय गरेर खान्छु भन्ने महिलाको सपना खरानी बनाइएको छ ।’

चौधरीको वीरेन्द्रनगर–६ सुपरमार्केटस्थित अचार पसलमा कार्तिक ३० गते बिहान ४ः३० बजे आगजनी भएको थियो । सुर्खेत प्रहरीले ‘बेबीशप’ मा लागेको आगो सल्किदै जाँदा अचार पसलमा आगो लागेको जानकारी दिएको छ ।
  
सुर्खेत प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मोहोन बुढाका अनुसार बेबीशप सञ्चालकका देवरले पसलमा आगो लगाएका हुन् ।

उनले भने, ‘पसलमा आगो लगाएको आरोपी दीपक कँडेललाई प्रहरीले पक्राउ गरिसकेको छ । बेबीशप सञ्चालक र पक्राउ परेका कँडेलबीच अंशबन्डाको विवाद थियो । सोही विवादका कारण दीपकले भाउजुको पसलमा आगो लगाएको बयान दिएका छन् ।’

‘दुई दाजुभाइको घरझगडा भनेर बहाना बनाइएको छ । तर एमाले नेता शान्ताको अचारलाई टार्गेट गरेर जलाइएको कुरामा विश्वस्त छु । घरायसी झगडा हुन्थ्यो भने पहिले आगलागी हुन्थ्यो वा पछि हुन्थ्यो । उक्त आउटलेट सञ्चालनमा आएको दुई दिनमै आगलागी हुन्थ्यो रु उनी प्रश्न गर्छिन्, ‘मैले उद्‌घाटन गरेको आउटलेट दुई दिनमा खरानी बनाइदिए । त्यसकारण नियोजित घटना हो । किटानी जाहेरी दिने तयारीमा छौ । अर्को पसलमा आगलागी गरेको भनेर बहाना बनाइएको छ ।’ 

प्रारम्भिकमा १५ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको चोधरीले बताएकी छिन् । ‘जेन–जी आन्दोलनका नाममा नेकपा एमालेका नेताहरूको छानी–छानी घर जलाइएको छ । उनीहरूको व्यवसाय जलाइएको छ । त्यसकारण पनि नियोजित आगलागी गरिएको कुरामा दुई मत छैन उनले भनिन् ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ३ : ५७ बजे

काभ्रेमा पक्की पुलका सात नयाँ योजना, १२ निर्माणाधीन

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया

लक्ष्य हासिल गर्न सक्ने गरी मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना बनाउनुपर्ने

काठमाडौं – मनुसन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्दिष्ट लक्ष्य

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौं – सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै

ट्रम्पको चेतावनीपछि इजरायलले गर्‍यो इरानी ग्यास उद्योग परिसरमा आक्रमण

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलमार्ग स्वतन्त्र आवागमनका

आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वार्णिम वाग्लेले आगामी जेठ १५ मा