करणको धारिलो बलिङले सुरूमै धर्मरायो सुदूरपश्चिम, ४ रन बनाउँदा खस्यो ३ विकेट « Khabarhub

करणको धारिलो बलिङले सुरूमै धर्मरायो सुदूरपश्चिम, ४ रन बनाउँदा खस्यो ३ विकेट


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिगअन्तर्गत बुधबारको खेलमा काठमाडौं गुर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ सुरुमै धर्माराएको छ ।

टस हारेर पहिला ब्याटिमा उत्रिएको सुदूरपश्चिमको सुरुवात नै खराब भयो । पहिलो ओभरमा दुई ओपनर जोस ब्राउन र बिनोद भण्डारी आउट भए । उनीहरु दुवैले रनको खाता पनि खोल्न सकेनन् । यी दुवै काठमाडौंका कप्तान करण केसीको बलको शिकार भएका हुन् ।

खेल २ ओभरको पाँचौ बलमा पुग्दा अर्का ब्याटर क्रिस लिन पनि आउट भए । उनी पनि करणकै बलका शिकार भएका हुन् । क्रिसले भने १० बल खर्चेर मुस्किलले २ रन जोडे ।

काठमाडौंले भने बलिङमा आक्रमक देखिएको छ । यसले पावर प्लेमै सुदूरपश्चिम संकटमा परेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ४ : ३१ बजे

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका