एमालेलाई प्रधानमन्त्रीको चेतावनी : निर्वाचनबाट भाग्ने कोसिस नगर्नू, देशले अर्को अस्थिरता थेग्दैन « Khabarhub

एमालेलाई प्रधानमन्त्रीको चेतावनी : निर्वाचनबाट भाग्ने कोसिस नगर्नू, देशले अर्को अस्थिरता थेग्दैन


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


795
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ मा निर्धारित प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन राजनीतिक दलहरूलाई स्पष्ट र कडा सन्देश दिएकी छन्।

बुधबार सिंहदरबारमा राजनीतिक दलहरूका प्रतिनिधिसँग बोल्दै उनले संसद् पुनःस्थापनाको माग, निर्वाचन बहिष्कारजस्ता गतिविधिले मुलुकलाई फेरि अस्थिरतातर्फ धकेल्ने चेतावनी दिइन्।

कार्यक्रममा मन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेताहरू र सञ्चारकर्मीहरू उपस्थित थिए। प्रधानमन्त्री कार्कीले आफ्नो सरकार युवा पुस्ताको आन्दोलन र भ्रष्टाचारविरुद्ध उठेको असन्तुष्टिको आधारमा बनेको भन्दै देशलाई संवैधानिक निकास दिन निर्वाचन अनिवार्य भएको दोहोर्‍याइन्। ‘लोकतन्त्रमा विश्वास गर्नेका लागि निर्वाचनबाट भाग्ने विकल्प छैन,’ उनले भनिन्।

मंसिर १० भित्र दल दर्ता अनिवार्य

कार्कीले सबै दललाई मंसिर १० गतेभित्र निर्वाचन आयोगमा दल दर्ता अनिवार्य रूपमा गराउन आग्रह गरिन् । उनले चेतावनीको स्वरमा भनिन्, ‘दल दर्ता नगर्ने वा निर्वाचन बहिष्कार गर्ने कुनै पनि दलले लोकतन्त्रको रक्षाभन्दा अराजकता रोजेको ठहरिनेछ’, उनले भनिन् ।

दल दर्ताको समय सीमालाई सामान्य प्रशासनिक प्रक्रिया मात्रै नभएर राष्ट्रप्रतिको राजनीतिक प्रतिबद्धताको परीक्षण मानिनुपर्ने उनले बताइन् ।

हेट स्पीच र विद्वेष बढाउनेलाई कारबाही

उनले पछिल्लो समयका केही राजनीतिक अभिव्यक्तिले वातावरण बिग्रिएको बताउँदै निर्वाचन आचारसंहिताविरुद्धको ‘हेट स्पीच’मा तत्काल कारबाही गर्न सरकार र छानबिन आयोग तयार रहेको बताइन्। ‘राजनीतिमा संस्कार र अनुशासन अनिवार्य हुन्छ,’ उनले भनिन्।

प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगलाई बलियो बनाउने, अनावश्यक खर्च रोक्ने र प्रचार अवधि २१ दिनमा सीमित गर्ने निर्णयलाई सरकार कटिबद्ध रहेको बताइन्। ‘करदाताको पैसा दुरुपयोग हुन दिइने छैन,’ उनले बताइन् ।

जेन-जी युवाहरूको विद्रोहलाई संरचनागत सुधारको मागका रूपमा लिँदै उनले आन्दोलनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन भइरहेको बताइन्। अध्यादेशमार्फत् निर्वाचन कानुनमा सुधार ल्याएर युवाको सहभागिता बढाइने घोषणा समेत गरिन्।

संवेदनशील जिल्ला ‘हटस्पट’

उनले आगामी चुनावलाई लक्षित गर्दै सरकारले सुरक्षा व्यवस्थालाई कडाइ गरेको उनले जानकारी दिएकी छन्। ‘अराजक क्रियाकलाप, भड्काउने समूह र भागेका कैदीबन्दीहरूबाट हुन सक्ने जोखिम रोक्न निगरानी बढाइएको छ। संवेदनशील जिल्लाहरूलाई ‘हटस्पट’ मा राखेर सुरक्षा संयन्त्र बलियो बनाइएको छ’, उनले भनिन् ।

उनले सबै दललाई राष्ट्रिय सहमतिको ‘महायज्ञ’ मा एकजुट हुन आह्वान गरिन्। ‘हामीले राजनीतिक अस्थिरतालाई निर्वाचनको स्थायी निकास दिनैपर्छ,’ उनले थपिन्।

प्रधानमन्त्री कार्कीले इतिहासको यस घडीमा राजनीतिक नेतृत्वको इमानदार परीक्षालाई भावी पुस्ताले पनि मूल्यांकन गर्ने बताइन्।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ५ : २७ बजे

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक