हर्मितले ब्याटिङ उकास्दा सुदूरपश्चिमले काठमाडौंलाई दियो १४८ रनको लक्ष्य « Khabarhub

हर्मितले ब्याटिङ उकास्दा सुदूरपश्चिमले काठमाडौंलाई दियो १४८ रनको लक्ष्य


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग अन्तर्गतको बुधबारको खेलमा सुदूरपश्चि रोयल्सले काठमाडौ गुर्खाज विरुद्ध १४८ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १४७ रन बनाएको हो ।

सुरुवातमा ब्याटिङमा खराब देखिएको सुदूरपश्चिमको ब्याटिङलाई मध्यक्रमका ब्याटर हर्मित सिंहले उकासेका हुन् । आजको खेलमा अर्धशतक प्रहार गरेका उनले २० बलमा २ चौका र ६ छक्काको सहयोगमा ५३ रन जोडे ।

हर्मितले थोरै बलको सहायतमा अर्धशतक प्रहार गरे । उनकै बलियो ब्याटिङले सुदूरपश्चिम मध्यम लक्ष्य प्रस्तुत गर्न सफल भएको हो ।

दीपेन्द्रसिंह ऐरीको पनि ब्याटिङ राम्रै चल्यो । उनले ३० बलमा तीन चौका र १ छक्काको सहयोगमा ३९ रन जोडे ।

१० ओभरमा पुग्दा ५ विकोटको क्षतिमा ५९ रनको दयनीय अवस्थमा रहेको हिर्मित र दीपेन्द्रले नै ब्याटिङ उकासेका हुन् ।

आरिफ शेखले भने २४ बलमा २५ रन जोडे ।

सुदूरपश्चिमका अन्य ब्याटरहरुको प्रस्तुती सम्झन लायक बनेन ।

सुदूरपश्चिमका सुरुवाती क्रमका ब्याटर सामु काठमाडांैका बलर करण केसी हाबी भए । उनले ओपरद्वय जोश ब्राउन र बिनोद भण्डारीलाई रनको खाता खोल्न नदिइ पहिलो ओभरमै मैदानबाट निकाले ।

ब्राउनको विकेट खसेपछि ब्याटिङमा आएका क्रिस लिन पनि करणकै बलमको शिकार भएर दुई रनमै आउट भए । उनले १० बल खर्चिए ।

इशान पाण्डेले ११ रन जोड्दा अन्यले दोहोरो रन बनाउन सकेनन् ।

बलिङतर्फ करण केसीले चार विकेट लिए । उनले चार ओभर बलिङ गर्दा ३० रन खर्चिए । सुदूरपश्चिमका सबैभन्दा बढी रन हान्ने हर्मितलाई सन्नी पटेलले आउट गरे । पटेलले जम्मा दुई विकेट लिए ।

मिलिल्द कुमार भने खर्चिला बलर बने । उनले दुई विकेट लिए भने चार ओभर बलिङ गर्दा ४० रन खर्चिए ।

रसिद खानले दुई महत्तपूर्ण विकेट लिए । उनले आरिफ शेख र दीपेन्द्र सिंह ऐरीको विकेट लिए । ४ ओभर बलिङ गर्दा उनले २३ रन खर्चिए ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ५ : ४१ बजे

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं