सुदननिकट भोजपुका ६ माओवादी नेताहरू जोडिए प्रगतिशील अभियानमा « Khabarhub

सुदननिकट भोजपुका ६ माओवादी नेताहरू जोडिए प्रगतिशील अभियानमा


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत कात्तिक १९ गते गरिएको पार्टी एकतालाई अस्वीकार गर्दै नेकपा (माओवादी केन्द्र) संरचनामा रहेका नेता सुदन किरातीनिकट नेताहरू जनार्दन शर्मा नेतृत्वको प्रगतिशील अभियानमा जोडिएका छन् ।

किरातीनिकट भोजपुरका माओ‌वादी नेताहरूले औपचारिक रूपमा असहमति व्यक्त गर्दै नयाँ अभियानमा जोडिएका हुन्।

उनीहरूले बुधबार जारी गरेको संयुक्त वक्तव्यमा जेन-जी विद्रोहपछि बदलिएको राजनीतिक परिस्थिति, बढ्दो नागरिक असन्तुष्टि र संगठन पुनर्संरचनाको आवश्यकतालाई बेवास्ता गर्दै गरिएको एकताले कार्यकर्तामाझ निराशा र अन्योल मात्र बढाएको आरोप लगाएका छन्।

‘रूपान्तरण, पुस्तान्तरण र क्रान्तिकारी कार्यक्रमसहितको विशेष महाधिवेशन पार्टी निर्माणको प्रस्थान बिन्दु हुन सक्थ्यो। तर यी सबै विषयलाई बन्देज गर्दै जनता र कार्यकर्ताको भावनाविपरीत पार्टी एकता गरियो’, उनीहरूले भनेका छन् ।

ती नेताहरूले गत कात्तिक १९ गते नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितका १२ दलको एकताले उत्साह र ऊर्जा होइन, बरु कार्यकर्ताले जवाफ दिन नसक्ने प्रश्नहरू खडा गरेको बताएका छन् ।

यसअघि पनि माओवादी संगठनका विभिन्न तहमा पार्टी एकताप्रति असन्तुष्टि देखिँदै आएको थियो। किरातीनिकट नेताहरूले अब आफूहरू प्रगतिशील राष्ट्रिय अभियानमा लामबद्ध हुने घोषणा गरेका छन्।

अभियानमा जोडिएका नेताहरू :
– सम्झना राई ‘सन्ध्या’, प्रदेश समिति सचिवालय सदस्य तथा रामप्रसादराई गाउँ पार्टी इन्चार्ज
– बलभद्र राई, प्रदेश समिति सदस्य तथा भोजपुर जिल्ला सचिव
– मनिका राई, प्रदेश समिति सदस्य तथा भोजपुर नगर पार्टी इन्चार्ज
– हेमन्त राई, प्रदेश समिति सदस्य
– राजन राई, प्रदेश समिति सदस्य
– सूर्यबहादुर राई, प्रदेश समिति सदस्य

वर्तमान नेतृत्वले पार्टी भित्रको रूपान्तरण, युवा पुस्ताको अपेक्षा र राजनीतिक विश्वसनीयताको पुनःस्थापनालाई अवमूल्यन गरेको उनीहरूको भनाइ छ । जसका कारण नयाँ मोडेलको अभियानमा जान बाध्य भएको घोषणा उनीहरूले गरेका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ६ : २४ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा