सुरूमै धर्मरायो काठमाडौं, ४० रन नजोड्दै गुमायो तीन विकेट « Khabarhub

सुरूमै धर्मरायो काठमाडौं, ४० रन नजोड्दै गुमायो तीन विकेट


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग अन्तर्गत बुधबारको खेलमा सुदूरपश्चिमविरुद्ध काठमाडौं गुर्खाजको ब्याटिङ सुरुमै धर्मराएको छ ।

कीर्तिपुर मैदानमा टस जितेर १४८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको काठमाडौंले सस्तैमा सुरुवाती तीन ब्याटर गुमाएको हो ।

पाँचौँ ओभरमा पुग्दा काठमाडौंले ३ विकेटको क्षतिमा ४० रन जोडेको छ । तेस्रो विकेटका रुपमा अर्का ओपनर आकाश त्रिपाठी पनि सस्तैमा आउट भए ।

त्रिपाठीले ९ बलमा एक छक्काको सहयोगमा १३ रन जोडे । उनी हर्मित सिंहकको बलमा रन आउट भएका हुन् । पाँच ओभरमा खेल आइपुग्दा काठमाडौं तीन विकेटको क्षतिमा ४० रनको अवस्थामा छ ।

ओपरन बेन चार्ल्सवर्थ ८ बल खेलेर दुई चौका प्रहार गरेर ८ रनमै आउट भए । उनी सुदूरपश्चिमका हेमन्त धामीको बलमा बिनोद भण्डारीमार्फत् क्याच आउट भए।

अर्का ब्याटर भीम सार्की पनि सस्तैमा आउट भए । १० बलमा २ चौकाको सहयोगमा १२ रन जोडर उनलाई पनि धामीले नै मैदानबाट बिदा गरे । भीम धामीको बलमा आरिफ शेखमार्फत् क्याच आउट भएका हुन् ।

सन्तोष यादव ३ बलमा १ रन जाेडेर रन आउट भए ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ६ : ३० बजे

काभ्रेमा पक्की पुलका सात नयाँ योजना, १२ निर्माणाधीन

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया

लक्ष्य हासिल गर्न सक्ने गरी मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना बनाउनुपर्ने

काठमाडौं – मनुसन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्दिष्ट लक्ष्य

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौं – सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै

ट्रम्पको चेतावनीपछि इजरायलले गर्‍यो इरानी ग्यास उद्योग परिसरमा आक्रमण

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलमार्ग स्वतन्त्र आवागमनका

आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वार्णिम वाग्लेले आगामी जेठ १५ मा