नेकपा र जसपाको एकता वार्ता निर्णायक दिशामा « Khabarhub

नेकपा र जसपाको एकता वार्ता निर्णायक दिशामा


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) बीचको एकता वार्ता निर्णायक दिशातर्फ अगाडि बढेको छ ।     

नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी वार्ता सकारात्मक मोडमा अघि बढेको वार्तामा सहभागी नेकपाका नेता देव गुरुङले जानकारी दिए । 

वार्तामा नेकपाका तर्फबाट गुरुङसहित नेताहरू प्रमेश हमाल, वेदुराम भुसाल, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, प्रकाश ज्वाला सहभागी छन्। जसपा नेपालका तर्फबाट नेताहरू राजेन्द्र श्रेष्ठ, रेणु यादव , रणध्वज कन्दङ्वा, परशुराम बस्नेतलगायत सहभागी छन्। 

विभिन्न १२ वाम घटक मिलेर नेकपा बनेसँगै अशोक राई नेतृत्वको जसपासँग लगातार एकता वार्ता चलिरहेको नेकपा कार्यालयका मुख्यसचिव गणेशमान पुनले जानकारी दिए ।

वार्तामा सहभागी अर्का नेता प्रकाश ज्वालाले सैद्धान्तिक, प्राविधिक र सङ्गठनात्मक विषयमा घनिभूत छलफल गरी चाँडै निष्कर्षमा पुगिने बताए। 

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ६ : ३५ बजे

ग्यास अभावले देखिन थाल्यो नाकाबन्दीमा जस्तै उपभोक्ताको लाइन (तस्बिरहरू)

काठमाडौं– दुई सातादेखि नेपाली बजारमा ग्यास अभाव देखिएको छ ।

‘धुरंधर २’ को पहिलो पोस्टर सार्वजनिक, रणवीर सिंह आक्रामक अवतारमा

काठमाडौँ – बलिउड सुपरस्टार रणवीर सिंहको चर्चित एक्सन फिल्म ‘धुरंधर’

अमेरिकासँग वार्ता गर्ने इरानको संकेत

दुबई– इरानका मसुद पेजेस्कियानले संयुक्त राज्य अमेरिकासँग ‘निष्पक्ष र न्यायसङ्गत

प्रतिनिधिसभा निर्वाचन : तनहुँ–२ मा पुराना दललाई नयाँको चुनौती

दमौली– तनहुँमा दुईवटा निर्वाचन क्षेत्र छन् । साबिक तनहुँ क्षेत्र

अमेरिका-भारत व्यापार सम्झौतामा खुसी र सतर्कता

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको अमेरिका–भारत व्यापार सम्झौतालाई