नेकपा र जसपाको एकता वार्ता निर्णायक दिशामा « Khabarhub

नेकपा र जसपाको एकता वार्ता निर्णायक दिशामा


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) बीचको एकता वार्ता निर्णायक दिशातर्फ अगाडि बढेको छ ।     

नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी वार्ता सकारात्मक मोडमा अघि बढेको वार्तामा सहभागी नेकपाका नेता देव गुरुङले जानकारी दिए । 

वार्तामा नेकपाका तर्फबाट गुरुङसहित नेताहरू प्रमेश हमाल, वेदुराम भुसाल, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, प्रकाश ज्वाला सहभागी छन्। जसपा नेपालका तर्फबाट नेताहरू राजेन्द्र श्रेष्ठ, रेणु यादव , रणध्वज कन्दङ्वा, परशुराम बस्नेतलगायत सहभागी छन्। 

विभिन्न १२ वाम घटक मिलेर नेकपा बनेसँगै अशोक राई नेतृत्वको जसपासँग लगातार एकता वार्ता चलिरहेको नेकपा कार्यालयका मुख्यसचिव गणेशमान पुनले जानकारी दिए ।

वार्तामा सहभागी अर्का नेता प्रकाश ज्वालाले सैद्धान्तिक, प्राविधिक र सङ्गठनात्मक विषयमा घनिभूत छलफल गरी चाँडै निष्कर्षमा पुगिने बताए। 

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ६ : ३५ बजे

सुदूरपश्चिमले बलिङमा लय समात्दा काठमाडौं २९ रनले पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग अन्तर्गतको बुधबारको खेलमा सुदूरपश्चिम रोयल्सको

एनपीएलका नाममा दर्शकसँग जबरजस्ती असुली, दर्तै नभएको संस्था देखाएर अवैध पार्किङबाट कमाऊ धन्दा

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट

म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए

काठमाडौं– आकर्षक रोजगारीको प्रलोभनमा परी म्यानमारमा ठगिएका ३७ नेपाली नागरिकलाई

सुदूरपश्चिमविरुद्ध जवाफी ब्याटिङ गरिरहेको काठमाडौं संकटतिर

काठमाडौं – नेपाल प्रिमियर लिग अन्तर्गतको बुधबारको खेलमा सुदूरपश्चिमविरुद्धको ब्याटिङमा