एनपीएल हेरेर घर फर्किने दर्शकलाई निःशुल्क बस सेवा « Khabarhub

एनपीएल हेरेर घर फर्किने दर्शकलाई निःशुल्क बस सेवा


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनपीएल हेरेर राति घर फर्कन कठिनाइ भएका दर्शकका लागि निःशुल्क बस सेवा सुरु हुने भएको छ। 

युवा तथा खेलकुद मन्त्रालय र नेपाल क्रिकेट संघको पहलमा निःशुल्क बस सेवा सुरु हुन लागेको मन्त्री बब्लु गुप्ताले बताएका छन् ।  मन्त्री गुप्ताले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो जानकारी दिएका हुन् ।

चिसो मौसम र सवारी साधनको अभावले विशेष गरी महिला, वृद्ध र अशक्त दर्शकले भोग्दै आएको समस्या समाधान गर्न मुस्कान ट्राभल्सको सहकार्यमा यो सेवा सञ्चालन हुँदैछ।

बस सेवा आजदेखि खेल अवधिभर बेलुकी ६ बजेदेखि ८ बजेसम्म उपलब्ध रहनेछ। 

टीयू क्रिकेट मैदानबाट विभिन्न स्थानतर्फ हुने यात्रा निम्न रुटमार्फत हुनेछ :

रुट १ : टीयू गेट – स्वयम्भू – बालाजु
रुट २ : टीयू गेट – स्वयम्भू – बालाजु – महाराजगञ्ज
रुट ३ : टीयू गेट – बल्खु – कालिमाटी – थापाथली – बानेश्वर – तीनकुने – गौशाला – चाबहिल
रुट ४ : टीयू गेट – बल्खु – सातदोबाटो – कोटेश्वर

संबन्धित निकायहरूले यो सेवाले राति घर फर्कने दर्शकका लागि धेरै सहजता ल्याउने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ६ : ४४ बजे

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६