सिमरा घटनाबारे गृहले भन्यो : अवस्था सामान्य हुँदैछ, दलहरूले कार्यक्रम गर्दा प्रशासनलाई जानकारी दिनू « Khabarhub

सिमरा घटनाबारे गृहले भन्यो : अवस्था सामान्य हुँदैछ, दलहरूले कार्यक्रम गर्दा प्रशासनलाई जानकारी दिनू


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बारा जिल्लाको सिमरा क्षेत्रमा बुधबार उत्पन्न तनावपूर्ण घटनाबारे गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रालयले नेकपा एमालेका कार्यकर्ता र जेन-जी भनिएको समूहबीच भएको तनावपूर्ण घटनापछि स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा लिन प्रभावकारी पहल गरिरहेको जनाउको छ। अहिले अवस्था क्रमशः सामान्य बन्दै गएको जानकारी मन्त्रालयले दिएको छ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा मुलुकमा शान्ति–सुरक्षा कायम गर्दै तोकिएको मितिमै निर्वाचन सम्पन्न गराउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख छ। निर्वाचनको तयारीलाई सहज र सुरक्षित बनाउने प्रक्रियामा सबै पक्षको संयमता, समझदारी, संवाद र समन्वय आवश्यक रहेको मन्त्रालयले भनेको छ।

सहायक प्रवक्ता रविन्द्र आचार्यले हस्ताक्षर गरेको विज्ञप्तिमा राजनीतिक दल, समूह र सरोकारवालाहरूले आफ्नो कार्यक्रम सञ्चालन गर्दा अनिवार्य स्थानीय प्रशासनसँग समन्वय गर्न आग्रह गरिएको छ।

मन्त्रालयले भनेको छ, ‘जोसुकैका पनि कार्यक्रमहरू मर्यादित, शान्तिपूर्ण र व्यवस्थित ढंगले सञ्चालन हुनुपर्छ, जसले संवैधानिक अधिकारको प्रयोगलाई सहज बनाउनेछ।’

मन्त्रालयले शान्तिपूर्ण सभा, भेला र अभिव्यक्तिको अधिकार सुनिश्चित गर्न सबै पक्षले जिम्मेवारीपूर्वक व्यवहार गर्नुपर्ने बताउँदै तनाव बढाउने सम्भावित गतिविधिबारे सतर्क रहन अनुरोध गरेको छ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ६ : ५८ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच