सुदूरपश्चिमले बलिङमा लय समात्दा काठमाडौं २९ रनले पराजित « Khabarhub

सुदूरपश्चिमले बलिङमा लय समात्दा काठमाडौं २९ रनले पराजित


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग अन्तर्गतको बुधबारको खेलमा सुदूरपश्चिम रोयल्सको लयको लयको बलिङले काठमाडौं गुर्खाज २९ रनले पराजित भएको छ ।

कीर्तिपुर मैदानमा टस जितेर १४८ रनको लक्ष्यसहित ब्याटिङमा उत्रिएको काठमाडौंले १६ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ११८ रन मात्रै बनायो ।

सुदूरपश्चिमले यस सिजनको पहिलो खेलमा जित नेकालेको छ । काठमाडौंले भने यस सिजनमा एक हार र एक जिते निकालेको छ । उद्घाटन खेलमा काठमाडौंले जनकपुर बोल्टसलाई पराजित गरेको थियो ।

काठमाडौंलाई लक्ष्य अगावै रोक्न सुदूरपश्चिमका हेमन्त धामीले महत्त्वपूर्ण दुई विकेट लिए । उनले ओपनर बेन चार्ल्सवर्थ र भीम सार्कीको विकेट लिए ।

हेमन्तले बेनलाई दोस्रो ओभरको पहिलो बल र भीमलाई तीन ओभरको चौथो बलमा आउट गरे ।

हर्मित सिंहले जोश ब्राउनमार्फत् काठमाडौंका सबैभन्दा बढी बनाउने ब्याटर ओपनर आकाश त्रिपाठीलाई क्याच आउट गराए । हर्मितले मोहम्मद आदिल आलमलाई पनि आउट गराए ।

इसान पाण्डेले काठमाडौंका दोस्रो ठूलो रन जोड्ने जोन सिम्पसनलाई आउट गराए ।

सुदूरपश्चिचमलाई जिताउन स्कट कुगेलेइजनले दुई विकेट लिए । इसान पाण्डे, नरेन साउद र अविनाश बोहोराले समान १-१ विकेट लिए ।

काठमाडौंबाट सबैभन्दा बढी रन जोड्ने आकाश हुन् । उनले ३० बलमा एक चौका र दुई छक्काको सहयोगमा ३४ रन जोडे । दोस्रो धेरै २४ रन जोन सिम्पसनले प्रहार गरे । बाँकी खेलाडीको ब्याटिङ सम्झन‍लायक रहेन ।

काठमाडौंका ६ खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ७ : २९ बजे

इनरुवा नगरपालिकाले अतिक्रमित क्षेत्र खाली गराउँदै

सुनसरी– जिल्ला सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाको कार्यालयले पूर्वपश्चिम राजमार्गअन्तर्गत सडकपेटीको

गायिका आशा भोसले अस्पताल भर्ना : इमर्जेन्सी युनिटमा उपचार हुँदै

मुम्बई- भारतीय सुगम संगीतकी शिखर व्यक्तित्व तथा प्रसिद्ध गायिका आशा

‘कर्णाली उत्सव : कुडा कर्नाली’ सुरु

कर्णाली– ‘कर्णाली उत्सव : कुडा कर्नाली’को सातौँ संस्करण शनिबारदेखि प्रदेश

छैटौँ कटारी गोल्डकप : सिक्किमलाई हराउँदै कटारीको विजयी सुरुवात

उदयपुर– कटारीमा शनिबारदेखि सुरु भएको छैटौँ कटारी अन्तर्राष्ट्रिय आमन्त्रित मेयर

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ बाट