शेखरको प्रश्न : लुटिएका हतियार, भागेका कैदी बाहिर छन् यसबारेमा सरकारले के सोचेको छ ? « Khabarhub

शेखरको प्रश्न : लुटिएका हतियार, भागेका कैदी बाहिर छन् यसबारेमा सरकारले के सोचेको छ ?


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले फागुन २१ मा निर्वाचन हुनै पर्ने बताएका छन् ।

आफ्नो निर्वाचन क्षेत्र मोरङ -६ अन्तर्गत सुन्दरहरैंचा नगरपालिका वार्ड नं-४ का स्थानीय नेताहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै कोइरालाले प्रजातन्त्रको जग निर्वाचन भएकाले कांग्रेस पार्टी निर्वाचनमा जान आतुर रहेको बताए ।

‘संविधान बचाउने र मुलुकलाई सक्रमणबाट जोगाउने निर्वाचनले मात्रै हो’, कोइरालाले भने, ‘हामी त निर्वाचनको मिति कुरेर बसेका छौँ तर सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा आशंकासमेत जन्मिएको छ ।’

सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको उनको भनाई थियो । ‘दलका केही नेतालाई काठमाडौं बाहिर जान दिइएको छैन, लुटिएका हतियार बाहिर छन्, कैदीहरू बाहिर छन् यसबारेमा सरकारले के सोचेको छ ?’ कोइरालाले प्रश्न गरे ।

कोइरालाले निर्वाचनका लागि जुट्न पनि पार्टी पङ्तीलाई निर्देशन दिए ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  १२ : २० बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन