ओलीको फोटो राख्दै योगेशको सन्देश : एमालेले संयम् र धैर्यताका साथ अघि बढ्नु पर्छ « Khabarhub

ओलीको फोटो राख्दै योगेशको सन्देश : एमालेले संयम् र धैर्यताका साथ अघि बढ्नु पर्छ


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका नेता योगेश भट्टराई पार्टीको एघारौँ महाधिवेशनमा इतर समूहबाट उपमहासचिवमा निर्वाचित भएका छन्।

निवर्तमान सचिवसमेत रहेका भट्टराई अध्यक्षका प्रत्यासी ईश्वर पोखरेल प्यानलबाट विजयी हुने दुई पदाधिकारीमध्ये एक हुन्। त्यही प्यानलबाट गोकर्ण विष्ट उपाध्यक्षमा निर्वाचित भएका छन्।

बिहीबार सम्पन्न महाधिवेशनपछि नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीको तस्बिर राख्दै भट्टराईले शुक्रबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिएका छन्।

उनले महाधिवेशनको आन्तरिक तयारी, व्यवस्थापन र सन्देशका विषयमा समीक्षा हुने उल्लेख गरेका छन् ।

उनले भदौ २३ र २४ को घटनापछिको प्रतिकूल परिस्थितिमा पनि महाधिवेशन सफलतापूर्वक सम्पन्न हुनु सकारात्मक राजनीतिक सन्देश भएको बताएका छन्।

भट्टराईले अब एमाले पार्टीले संयम र धैर्यताका साथ अघि बढ्दै मुलुकको संवैधानिक तथा लोकतान्त्रिक प्रक्रियाको पुनर्स्थापनामा नेतृत्वदायी भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरेका छन्।

साथै, उनले महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित ओलीसहित सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई बधाई तथा शुभकामना दिएका छन्।

ओलीले बिहीबार नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समारोहमा उत्तेजक भाषण दिएका थिए । उनले एमाले नेतृत्वलाई पक्रिन आएमा सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार नै ढालिदिने उद्घोष गरेका थिए ।

ओली त्यतिमै रोकिएका थिएनन्, उनले टोलटोलसम्म सुरक्षा दस्ता बनाएर सुरक्षाका लागि तयार रहन पनि निर्देशन दिएका थिए । आवश्यक परेमा एमाले अब भिडन्तमा उत्रिएर अघि बढ्ने पनि उनले बताएका थिए ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ३ : ०१ बजे

एक हिट खोजिरहेका ‘मुन्द्रे’

काठमाडौं – दीपक-दीपा क्याम्पबाट बाहरिएपछि जितु नेपाल ‘मुन्द्रे’ तङ्ग्रिन सकेका

खेलको दोस्रो मिनेटमै टर्कीविरुद्ध पराग्वेको पहिलो गोल

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा

फिफा विश्वकप २०२६ : ब्राजिलको पहिलो जित, हाइटी ३-० गोलले पराजित

काठमाडौँ– पाँच पटकको उपाधि विजेता ब्राजिलले फिफा विश्वकप फुटबल २०२६

रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशबाट पनि मतदान गर्न मिल्ने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध